काठमाडौं– नेपाली सेनाले विभिन्न प्राविधिक पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालयले मेडिकल डाक्टरसहित प्राविधिक पदमा कर्मचारी माग गरेको हो।
सेनाले ४४ जना एमबीबीएस डाक्टर माग गरेको छ। यस्तै, डेन्टिस्ट, उपचारिका, फार्मेसिस्ट, रेडियोग्राफर, फिजियोथेरापिस्ट लगायत मेडिकल क्षेत्रका जनशक्ति माग भएको छ।
सेनाले सूचना प्रविधि क्षेत्रमा ११ जना कम्प्युटर इन्जिनियर माग गरेको छ। सेनाले छापाखाना, लाइब्रेरीका लागि पनि जनशक्ति माग गरेको छ। सेनाले १ जना फिल्म निर्देशक (निर्देशक तथा स्क्रिप्ट लेखक) पनि माग गरेको छ।
सेनाले उड्डयन क्षेत्रका लागि पनि जनशक्ति माग गरेको छ। ४ जना पाइलट माग गरेको सेनाले ए एण्ड सी इन्जिनियर, एभियोनिक्स इन्जिनियर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायत जनशक्ति पनि मागेको छ। सेनाले एयर ट्राफिक कन्ट्रोलरका लागि समेत दरखास्त आह्वान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।