• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जब उनीहरूले पुर्खाको देश नेपालमा पहिलो कदम राखे

64x64
समर्पण श्री शुक्रबार, चैत २४, २०७९  ०८:१६
1140x725

काठमाडौं– दीपा पौडेलको जीवनमा सबैभन्दा ठूलो सपना थियो– ‘पुर्खाको देश नेपाल टेक्ने!’ गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी चढेको जहाज अवतरण भयो। 

जहाजबाट ओर्लिएर नेपाल भूमिमा पहिलो पाइला राख्दा शरीर सिरिङ्ग भयो। आँखामा रसाइरहेको पानी तप्प चुहियो। 

‘मलाई लाग्यो म सपनामै छु, र मलाई ब्यूँझिनु छैन। किनकि म नेपाल आइपुगेको छु,’ खुसीको उत्कर्षमा पुग्दाको क्षण कस्तो हुन्छ, उनी सम्झिरहेकी छन्। 

दीपाको पुर्खा नेपालबाट थाइल्याण्ड पुगेको जुग बित्यो। उनका बा आमा उतै जन्मे हुर्के। त्यहाँका अधिकांश नेपालीहरूको एउटै चाहना हुने रहेछ, ‘मर्नुअघि नेपाल टेक्नू!’

दीपा जीवनको एउटा जन्मदिन नेपालमा मनाउन चाहन्थिन्। निम्नमध्यमवर्गीय परिवारको लागि यो सम्भव थिएन। उनले यसकै लागि पैसा जम्मा गरेकी थिइन्। तर थाहा थिएन, ‘यो पूरा हुन कति वर्षहरू बित्नुपर्थ्यो।’ संयोगले २३औं जन्मदिन उनले नेपालमा मनाउने भइन्। उसो त धेरैपछि उनको जन्मबार पनि मिलेको छ।

इन्ट्रा फाउन्डेसनले आयोजना गरेको डान्सिङ रियालिटी सो ‘मेरो डान्स युनिभर्स’का कारण उनको सपनाले मूर्तरुप पाएको थियो। फाउन्डेसनले विभिन्न देशमा छरिएर रहेका नेपालीहरूका लागि ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को आयोजना गरेको थियो।

जहाँ जहाँ नेपालीभाषीहरू थिए, त्यहाँ त्यहाँ अडिसन लिएर प्रतिभाहरू छनोट गरेको थियो। त्यसरी छनोट भएकाहरू यतिबेला शोमा सहभागी हुन विभिन्न देशबाट नेपाल आउने क्रम जारी छ। थाइल्याण्ड र म्यानमारको प्रतिनिधि भएर राज कर्माचार्य र गोपी कार्कीले अडिसनबाट छनोट भएका १३ जना प्रतिभालाई नेपाल ल्याइपुर्‍याएका छन्। त्यही मेसोमा नेपाल लाइभले दीपासँग कुरा गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

दीपालाई सानैदेखि नृत्यमा रुचि थियो। स्कुलको गृहकार्य सकेपछि हरेक दिन बाले गीत बजाइदिन्थे, र नाच्न लगाउँथे। बाले हरेक दिन २ नेपाली गीतमात्र बजाउँथे। ‘त्यतिबेला मुग्लानको आज बार हाते पटुकी र पालुवा पालुवाभरि गीतमा मैले धेरै नाचेँ,’ उनी सुनाउँछिन्। 

तर दीपा १३ वर्षकी हुँदा सधैंका लागि बाले छाडेर गए। टिबी रोगले ग्रसित भएका बाले संसार छाडेपछि परिवारमा संकट थपियो। ‘मेरो पिछे ३ भाइ थिए। घरमा धेरै समस्या थियो। ९ कक्षा पढ्दापढ्दै मैले पढाइ छाड्नुपर्‍यो। अनि काम गर्नका लागि बैंकक पुगेँ,’ दीपा सुनाउँछिन्। 

बैंककमा उनले हाउस किपिङको काम गरिन्।

सधैँ अरुको काम गरेर हुन्न भन्ने लाग्यो एकदिन। अनि आफूले जम्मा गरेका पैसाबाट उनले सानो कपडा पसल सुरु गरिन्।

त्यो पसलबाट घाटा बेहोरिन्। त्यसपछि थोरै लगानीमा जुत्ता पसल सुरु गरिन्। जुत्ता पसलबाट भने राम्रै कमाइ भयो। व्यवसायले ठूलो आकार लिँदै गयो।

यही क्रममा एकदिन उनले थाहा पाइन्, ‘मेरो डान्स युनिभर्सको अडिसन खुलेको छ। सेलेक्ट भए नेपाल जान पाइन्छ।’ 

परिवारको जिम्मेवारी उनको काँधमा थियो। रहर हुँदाहुँदै पनि द्विविधामा थिइन् उनी। तर उनको साथी समीराले अनुरोध गरिरहिन्, ‘बाबाको सपना पूरा गर्नुपर्छ। यो अवसर तिमीले गुमाउनुहुन्न।’

त्यसपछि उनले नेपाली गीतमा अडिसन दिइन्। छनोट भइन्। छनोट घोषणा हुँदा रातको साढे १ बजेको थियो। आमालाई फोन गरिन्, ‘ममी मैले जितेँ। म नेपाल जाने भएँ।’

आमा असीमित खुसी भइन्।

अब दीपा यो शोबाट आफूलाई प्रमाणित गर्न चाहन्छिन्। उनी दृढताका साथ भन्छिन्, ‘कदम चालिसकियो। अब पाइलालाई पछि किन हटाउने?’

उसो त नेपाल आउनकै लागि उनले आफ्नो पसलै बेचिन्। ‘यहाँबाट फर्केपछि मेरो जीवन परिवर्तन हुनेवाला छ। केही न केही त हुन्छ। तर हिम्मत हार्दिनँ,’ दीपा भन्छिन्।

दीपासँगै आइपुगेकी १८ वर्षीया अम्बिका मगरले परिवारको सपना पूरा गरिदिइन्, नेपाल टेकेर। त्यो पनि आफ्नो प्रतिभाका कारण छनोट भएर। अडिसनको अघिल्लो दिनमात्रै उनले नृत्य छनोट गरेकी थिइन्। निर्णायकले उनको नृत्य मन पराए।

उनी बर्मामा जन्मिइन्, हुर्किइन्। पढ्दापढ्दै कोभिडले अध्ययन रोकियो। घरको आर्थिक संकटका कारण उनी काम गर्न बैंकक पुगिन्। उनी बैंककमा बच्चा हेरचाह गर्ने काम गर्थिन्। अचानक उनको जीवनको लय फेरिएको छ। उनी पुर्खाको देश आइपुगेकी छन्।

अम्बिकालाई थाहा रहेछ, उनका हजुरबा गुल्मीमा जन्मेका हुन्। गुल्मीमा जेठी हजुरआमाको परिवार छ भन्ने सुनेकी छन्। ‘हजुरबा बिहे गरेपछि बर्मा जानुभएछ। अनि बर्मामा अर्को बिहे गरेपछि फर्कनुभएनछ,’ अम्बिका भन्छिन्।

अहिलेसम्म नेपालको आफन्तसँग उनको परिवारले भेटेको छैन। अम्बिकाको यसपटक चाहना छ, ‘आफ्नो परिवारसँग भेट्ने।’

‘थर गोत्र सोधेर भए पनि म पुग्नेछु। अनि हजुरआमालाई सरप्राइज्ड दिनेछु,’ अम्बिका भन्छिन्।

२३ वर्षीय जिउन अधिकारी थाइल्याण्को क्लबमा काम गर्थे। नेपाल आउँदा उनले त्यहाँ राजीनामा दिएका थिए। बर्मामा १० कक्षा पढेर उनी काम गर्न चाइना पुगे। लकडाउनले जागिर खोसियो। उनी पुनः बर्मा फर्के। त्यहाँ ५ महिना बसेर उनी १ वर्षअघि बैंकक गए। सानैदेखि नृत्य गर्ने जिउन यसपालि रियालिटी शोमा छनोट भएर नेपाल आइपुगेका छन्।

यद्यपि उनी नेपालका हरेक रियालिटी शो नछुटाइ हेर्थे। आज नेपाल आउन पाउँदा भने उनी खुसी छन्।

नेपाल टेक्दा उनले सँगै रहेको साथीलाई हात समाउनु भने, किनकि खुसीले उनको शरीर चिसो भएको थियो। उनी अचानक रुन थाले। विमानस्थलबाटै आमालाई फोन गरे,‘ममी म नेपाल आएँ।’

जिउन बर्मामा नृत्य पनि सिकाउँथे। उनले नृत्य युट्युब हेरेर सिकेका थिए। उनी अब नेपालमा गुरुबाटै नृत्य सिक्न चाहन्छन्।

सोनिया राई २०१९ मा पहिलोपटक नेपाल आएकी थिइन्। फिल्म ‘सय कडा १०’मा अभिनय गर्न उनी यहाँ आइपुगेकी थिइन्।

पहिलोपटक फिल्म खेल्न नेपाल आउँदा उनी २४ वर्षकी थिइन्।

दोस्रोपटक नेपाल आउँदा पनि असीमित खुसी छिन्। यसपालि भने उनी अझै धेरै सम्झना बटुल्न चाहन्छिन्।

‘पहिलोपटक यहाँ आउँदा मैले घर आएको अनुभव गरेँ। म आफन्तहरूसँग छु भन्ने लागिरह्यो। फेरि कहिले आउन पाउँछु थाहा थिएन, तर आइपुगेँ,’ उनी खुसी व्यक्त गर्छिन्।

थाइल्याण्डमा नेपाली नृत्य सिकाउने गुरु छैनन्। सानैदेखि नेपाली गीतमा नाच्न रुचाउँथिन सोनिया। यसपटक भने नेपालका गुरुसँग उनले नृत्य सिक्ने रहर साँचेकी छन्।

१८ वर्षीया खुसी कार्की पनि दोस्रोपटक नेपाल आइन्। अघिल्लोपटक नयाँ वर्षको अवसरमा घुम्न आएकी थिइन्। त्यतिबेला पोखरा, पशुपति, लुम्बिनी, मनकामना परिवारसँग घुम्न पुगेकी थिइन्। फेरि पनि घुम्ने चाहना छ खुसीको।

 

 

अघिल्लो पटक आउँदा चिसो थियो नेपाल। यसपटक उनलाई गर्मी लागेको छ। 

उनी पनि रियालिटी शोमा छनोट भएर आइपुगेकी हुन्। सानैदेखि थाइ नेपाली संघको कार्यक्रममा उनी नृत्य गर्थिन्। नेपाली गीतमा नृत्य गरिरहँदा उनी फुरुङ्ग हुन्थिन्। नेपालका संस्कृति र भेषभुषाले सधैँ आकर्षित गरिरहन्थ्यो खुसीलाई।

‘यसपालि नेपालमै आएर नेपाली गीतमा नाच्न पाउने अवसर पाएको छु,’ उनी खुसीभावमा भन्छिन्।

२२ वर्षकी सोना लिम्बूलाई नेपाली भाषा बोल्न आउँदैन। ‘पहिलोपटक नेपाल आउँदा कस्तो अनुभूति भयो?’ नेपाल लाइभको प्रश्नलाई खुसीले थाइ भाषामा अनुवाद गरिदिइन्। ‘धेरैले आउन मन गर्ने ठाउँ। पुर्खाको देश। आफू आइपुग्दा धेरै खुसी छु,’ उनले थाइ भाषामै जवाफ फर्काइन्।

सोनाले नेपाली धेरथोर बुझ्छिन्। तर फर्काउन जान्दिनन्।

थाइल्याण्ड र म्यानमारको प्रतिनिधि भएर आएकी गोपी कार्कीले यसको कारण बताइन्, ‘थाइल्याण्डमा कोही नेपाल, कोही बर्माबाट आउनुभयो। ९ राजाले बस्ने जग्गा भनेर उहाँहरूलाई पिलोक गाउँ दिनुभयो। उहाँहरूको बोजूहरू पिलोकमा बस्नुभयो। बैंककबाट ८ घण्टा लाग्छ त्यो गाउँ पुग्न। त्यहाँ नेपाली पढाइ पनि छैन। पछि त्यहाँ बसेर हुन्न भनेर बैंकक आउनुभयो।’

अहिले थाइ नेपाली संघका शाखाले गाउँ–गाउँमा नेपाली गुरु राखेका रहेछन्। उनीहरूले नेपाली भाषा सिकाउने रहेछन्।

सोनाले विस्तारै थाइ नेपाली संघका कार्यक्रमहरूमा भाग लिँदै गएपछि नेपाली सिक्न थालेकी रहिछन्। अब नेपालमै आइपुग्दा उनी उत्साहित छिन्। 

इन्ट्रा फाउन्डेसनले थाइल्याण्डमा अडिसन गर्दा थाइ नेपाली संघसँग समन्वय गरेको थियो।

थाइयाण्ड बसेर नेपाली कला संस्कृतिको प्रवर्द्धनमा सक्रिय राज कर्माचार्यले सन्तोषको स्वास फेर्दै भने, ‘जुन देशलाई बाँचुन्जेल धेरै माया गर्ने नेपालीहरूलाई प्रतिभासहित नेपाल भित्र्याउँदा निकै आनन्दित भएको छु।’

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्