काठमाडौं– निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद तोकेको छ।
आयोगको बुधबारको बैठकले उपनिर्वाचन प्रयोजनका लागि असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन–२ तथा बारा–२ को लागी २९ लाख र तनहुँ–१ का लागि ३१ लाख रूपैयाँ निर्धारण गरेको छ।
त्यस्तै, आयोगले तोकेको समय सीमाभित्र रही निर्वाचन खर्च गर्न र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न पनि उम्मेदवारहरूलाई निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।