काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच शिष्टाचार भेट भएको छ।
मन्त्री श्रेष्ठ र थम्पसनबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको हो। उक्त भेटमा नेपाल र अमेरिका बीचको सम्बन्ध र मित्रताको विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
‘उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्तराज्य अमेरिकाका राजदूत महामहिम श्री डीन आर थम्पसन ज्यूसँग शिष्टाचार भेटघाट भएको छ,’ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘भेटघाटमा दुई देशबीचको सम्बन्ध र मित्रताको बारेमा छलफल भएको छ। साथै दुई देशबीचको सहयोग आदानप्रदानको विषयमा समेत कुराकानी भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।