काठमाडौं– प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिमा हुने दलीय प्रतिनिधित्वको संख्या टुंगो लागेको छ।
सभामुख देवराज घिमिरेसँग बुधबार भएको छलफलपछि दलहरूले संख्या टुंगो लगाएका हुन्।
सहमति अनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले पाउने भएको छ। ८८ सांसद रहेको नेपाली कांग्रेसले ६ जना पाउने भएको छ। त्यस्तै, ७९ सांसद भएको नेकपा एमालेले ५ जना पाउने छ।
३२ सांसद भएको माओवादी केन्द्रले २, सभामुख देवराज घिमिरेले १, उपसभामुख इन्दिरा रानाले १, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले १, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ती पार्टी र १ सिट भएका पार्टी वा स्वतन्त्रले समेत १ सिट पाउने छन्।
कार्य व्यवस्थामा कुल २१ जना रहने छन्। हाल कायम रहेका २७२ सांसदमध्ये प्रतिशतको रुपमा सदस्य पाउने सहमति भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।