काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपछि राष्ट्रपति पौडेल निवास फर्किएका हुन्।
पेट दुख्ने लगायत समस्या देखिएपछि पौडेल शनिबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। चिकित्सकहरुले नियमित निगरानीमा राखेर पौडेलको उपचार गरिएको थियो।
अस्पताल बसाइबाट स्वास्थ्यलाभपछि राष्ट्रपति निवास फर्किएका उनको सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।