काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आजभोलिमै पूर्णता पाउने सम्भावना रहेको बताएका छन्। बुधबार माओवादी निकट सहकारीहरुको भेलामा सम्बोधन गर्दै उनले अहिले सरकारले करिबकरिब पूर्णता पाएको बताए।
‘अब अहिले सरकारले करिबकरिब पूर्णता पाएको छ। आजभोलि सतप्रतिशत पूर्णता प्राप्त गर्छ होला,’ उनले भने, ‘अनि हाम्रो सम्पूर्ण ध्यान अब सरकारको नीति कार्यक्रम र बजेट बनाउनेमा केन्द्रित हुनेछ। भइरहेको छ। सुरु भएको छ।’
उनले अहिले सरकारको नेतृत्व गर्न पाउनु चुनौतीपूर्ण अवसर रहेको बताए। ‘निकै चुनौतीपूर्ण अवसरको रुपमा नेतृत्व प्राप्त छ। सजिलो छैन। तपाईंहरुले अर्थतन्त्रको कुरा सुनिरहनुभएको छ। संकटबाट पार लगाउने कुरा सजिलो छैन,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले राजनीतिक रुपले पनि कुनै एउटा पार्टीको बहुमत नरहेको भन्दै आफूहरुले बहुमत भएर सरकारको नेतृत्व गरेको अवस्था पनि नरहेको बताए। ‘मोर्चा गरेर सरकारको नेतृत्व गरेको हो। सजिलो छैन। अप्ठ्यारो छ। तर फेरि पनि हामीले नेतृत्वको अवसर पाएका छौँ। एउटा चुनौतीको रुपमा। यसलाई हामीले स्वीकार गर्यौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।