काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको नाबालिका बलात्कार मुद्दा अन्तिम सुनुवाइका लागि न्यायाशीय केशवप्रसाद घिमिरेको इजलासमा परेको छ।
यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो। एक नाबालिकालाई बलात्कार गरेको आरोपपछि उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।