काठमाडौं– अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मंगलबार म्यानह्याटनको अदालतले ३४ आरोप तय गरेको छ। पोर्नस्टार स्टर्मी डेनियललाई पैसा दिएर चुप लगाएको साथै बिजनेस रेकर्डमा तलमाथि गरेकोलगायतका मुद्दा अदालतमा पेस गरिएका थिए।
ट्रम्पले आरोप अस्वीकार गरेका छन्। ५७ मिनेट चलेको सुनुवाइमा धरौटी वा गिरफ्तारीको फैसला भने सुनाइएको छैन। आगामी सुनुवाइ ५ डिसेम्बरमा हुनेछ।
ट्रम्प सुनुवाइपछि फ्लोरिडा फर्किएका छन्। उनले राष्ट्रपछि जो बाइडेनमाथि आरोप लगाउँदै भनेका छन्, ‘अमेरिका नर्कमा फस्दैछ। दुनियाँ हाँसिरहेको छ।’
ट्रम्पले थपे, ‘अमेरिकाको इतिहासमा यस्तो होला भन्ने मैले कहिल्यै सोचिनँ। मैले एउटै अपराध गरें, त्यो हो निडर भएर देशलाई ध्वस्त पार्न चाहनेहरुबाट जोगाउने। मेराविरुद्ध प्रशस्त प्रमाण छैनन्।’
उनले उल्टै न्यायाधीशमाथि पनि आरोप लगाएका छन्। उनको परिवार आफूलाई घृणा गर्ने बताएका छन्। न्यायाधीशकी छोरी उपराष्ट्रपति कमला ह्यारिसका लागि काम गर्ने आरोप लगाएका छन्।
बाइडेन-ह्यारिस क्याम्पबाट पैसा लिएको ट्रम्पको आरोप छ। ट्रम्पका वकिलले पूर्वराष्ट्रपतिमाथि कुनै मुद्दा नचल्नेसमेत जिकिर गरेका गिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।