काठमाडौं– नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छन्।
नवनियुक्त संयोजक हाम्डी केही दीन अघि मात्र काठमाडौं आइपुगेकी थिइन्।
हाम्डीले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर परराष्ट्र मन्त्रालयकोसमेत नेतृत्व सम्हालेका प्रचण्ड समक्ष ओहोदाको प्रमाणपत्र बुझाएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।