• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बारा- २ मा पनि घेराबन्दीमा पर्दैछन् उपेन्द्र

64x64
नवीन झा शनिबार, चैत १८, २०७९  ०८:२४
1140x725

काठमाडौं- चितवन-२, बारा-२ र तनहुँ-१ मा वैशाख १० गते उपनिर्वाचन तय गरिएको छ। आगामी २० गते हुने मनोनयनका लागि दलहरु उम्मेदवार छान्ने गृहकार्यमा जुटेका छन्। 

औपचारिक घोषणा नगरे पनि बारा- २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ। सत्ता-गठबन्धनबाट साझा उम्मेदवार बन्ने योजनाअनुरुप उनले पार्टीको संसदीय दलका नेता समेत रहेका रामसहायप्रसाद यादवलाई उपपराष्ट्रपति बनाएर क्षेत्र खाली गरेका हुन्। 

सत्ता साझेदारमध्येकै तीन दलले अध्यक्ष यादवलाई नछाड्ने रणनीति लिएपछि उनलाई अप्ठ्याररो थपिएको छ। मंसिर ४ मा भएको निर्वाचनमा अध्यक्ष यादव सप्तरी- २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए। अहिले उनी चोर बाटोबाट संसद् छिर्न खोजेको भन्दै मधेसकेन्द्रित दुई दल रोक्न सक्रिय भएका छन्। अन्य दलहरुले पनि बलियो उम्मेदवार त्यो क्षेत्रमा पठाउने तयारी गरेपछि यादवको संसद् पस्ने सम्भावना सहज देखिएको छैन।

सप्तरी- २ मा रोकेको जनमत पार्टीले अहिले 'मिसन बारा' अभियानको सुरुवात गरेको छ। त्यहाँ उम्मेदवार बनाउन माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराइएको छ। उनी मंसिर ४ को निर्वाचनमा जसपाका रामसहायप्रसाद यादवसँग चार सयभन्दा कम मतान्तरले पराजित भएका थिए।

मधेस केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राजेन्द्र महतोलाई उम्मेदवार बनाउने वा जनमतका कुशवाहलाई समर्थन गर्ने भन्ने निर्णय लिइसकेको छैन। तर जसपाका यादवलाई समर्थन नगर्ने पक्कापक्कै नै छ।

सत्ता साझेदार दल बनेको जसपाले अहिले गठबन्धनका प्रमुख घटकहरु कांग्रेस, माआवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन लिन सक्रिय छ। माओवादी केन्द्रले जसपालाई समर्थन गर्ने चाल पाएरै कुशवाह जनमत पार्टीतिर लागेका हुन्। नेपाली कांग्रेस पनि अहिलेसम्म प्रष्ट देखिएको छैन। 

कांग्रेसको क्षेत्रीय समितिले बारा-२ बाट राधेचन्द्र यादवलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। तर बिहीबार बसेको कांग्रेस कार्यसम्पादन समितिले कुनै निर्णय गरेन। तनहुँ र चितवनका लागि भने बिहीबार नै कांग्रेसले उम्मेदवार तय गरिसकेको छ। बारा-२ का बारेमा चैत १९ गते निर्णय गर्ने कांग्रेसले जनाएको छ। 

जसपा नेता अशोक यादव आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा-२ उम्मेदवार बनाउने औपचारिक निर्णय शनिबारसम्म हुनसक्ने बताउँछन। ‘जसपाको क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीले बारा-२ मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने गरी सिफारिस गरिसकेको छ,’ यादवले नेपाल लाइभसँग भने, ‘कार्यकारणी समितिले शुक्रबार वा शनिबार यस बारेमा औपचारिक निर्णय लिनेछ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

जसपा नेताले पार्टीको तल्लो पंक्ति दखि सर्वसम्मत रुपमा अध्यक्ष यादवलाई उम्मेदवार बनाउने सिफारिस भएको बताए पनि उनलाई अन्य दलहरुको भने कडा मोर्चाबन्दीको सामना गर्नुपर्ने अवस्था देखिन्छ।

सतारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन लिन अध्यक्ष यादव सक्रिय छन्। तर कांग्रेसले उनलाई निशर्त सघाउने देखिँदैन। 

कांग्रेसले बारा- २ मा सघाउन मधेश प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिनुपर्ने सर्त अघि सारेको बुझिएको छ। यस विषयमा जसपाले कुनै टिप्पणी गरेको छैन। जसपा नेता अशोक यादव हालसम्म त्यस्तो औपचारिक प्रस्ताव नआएको बताउँछन्।

तर, कांग्रेस प्रवक्ता प्रकाशशरण महतले केन्द्रदेखि मधेससम्मको राजनीतिलाई आकलन गरेर मात्रै आफूहरुले उपनिर्वाचनमा कसैलाई सघाउने कि आफ्नै उम्मेदवार बनाउने निर्णय लिने बताए। ‘मन्त्रिपरिषद विस्तारपछि हामी यसबारेमा कुराकानी गर्छौं,’ महतले भने, ‘त्यसपछि मात्रै बारा- २ का बारेमा के गर्ने भन्ने ठोस निष्कर्षमा हामी पुग्छौं।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जनमत पार्टी र लोसपा मधेसको राजनीतिमा जसपालाई घेराबन्दी गर्न सक्रिय नै भइसकेका छन्। समग्र तराई-मधेसको राजनीतिमा काउन्टर दिन उनीहरुले राष्ट्रिय उन्मुक्ति पार्टी समेतलाई साथमा लिएर मोर्चाबन्दी गरिरहेका छन्।

जनमत पार्टीले उम्मेदवार घोषणा गरिसकेको छ भने लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो समेत उम्मेदवार बन्न सक्ने सम्भावना त्यो पार्टीका कतिपय नेताहरु  बताउँछन्। 

सत्ता-गठबन्धनकै अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक उम्मेदवार भनेर दुई जनाको नाम सिफारिस गरेको छ। तर रमेश खरेल नै उक्त क्षेत्रबाट उम्मेदवार बन्ने लगभग पक्का छ। नेपाल प्रहरीमा रहँदा खरेलले त्यो क्षेत्रमा काम गरेका छन्। यसअघि पनि उक्त क्षेत्रबाटै उठ्ने चर्चा भएको थियो तर पछि काठमाडौं-१ मा उम्मेदवार बने। 

उपराष्ट्रपति रामसहायप्रसाद यादव जित्नुमा एमालेको सहयोग पनि थियो तर अध्यक्ष उपेन्द्र यादवलाई एमालेले सघाउनुपर्ने कुनै कारण देखिँदैन। एमाले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त्यहीँ पुगेर उपनिर्वाचनमा बाहिरबाट उम्मेदवार नबनाउने बताएका छन्।

मिसन ग्रासरुट अन्तर्गत कलैयामा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता पोखरेलले जिल्लाकै धर्तीमा जन्मिएका र भूगोलमा राजनीति गरिरहेका व्यक्ति एमालेको उम्मेदवार हुने बताएका थिए। एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने तयारी भइरहेको एमालेका उक्त क्षेत्रका नेताहरुले जानकारी दिएका छन्। एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले पौडेलको सम्भावना बलियो रहेको बताए। 

सरकारमा एकमन्त्रीमात्र पठाउनुकाे पछाडीकाे कारण 

शुक्रबार  विस्तार भएकाे स‌घिय सरकारमा उपेन्द्र यादवले पार्टीका तर्फवाट बरिष्ठ उपाध्यक्ष अशोक राईलाई पठाए । दुई मन्त्रालयको भाग पाएपनि यादवले १ जनालाई मात्र रणनीतिक रुपमा पठाएको देखिन्छ । उनले बारा२ मा  वैशाख १० गते हुन गइरहेको राजनीतिलाई ख्याल गर्दै यस्तो गरेको देखिन्छ । उनले मधेश प्रदेशका प्रदिप यादव,राजकिसोर यादव,विरेन्द्र महत्तोजस्ता प्रभावशाली नेताहरुलाई थामथुम पार्न यो रणनीति अवलम्वन गरेको देखिन्छ । त्यस्तै उप निर्वाचनवाट जित हात पार्न सके आफै उपप्रधानसहित प्रभावशाली मन्त्री भएर सरकारमा जान सक्ने यादवले सम्भावना बाँकी राखेको पार्टीभित्रकै नेताहरुको टिप्पणी छ। यादवले सम्भव भए आफै र नभए पार्टीमा आफू हावी हुने गरि निर्वाचनपछि मन्त्री बनाउने यादवको रणनीति देखिन्छ । 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा... बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्