काठमाडौं– पाकिस्तान सरकारले अमेरिकामा हुन लागेको डेमोक्रेसी समिटमा सहभागी नहुने स्पष्ट पारेको छ। सन् २०२१ बाट अमेरिकाले सुरु गरेको यो समिटमा पाकिस्तानले अहिलेसम्म भाग लिएको छैन।
सम्मेलनमा सहभागी हुन भारतसहित एक सय देशलाई आमन्त्रण गरिएको छ। नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहभागिता जनाउँदै छन्।
पाकिस्तानले चीनलाई अमेरिकाले निमन्त्रणा नगरेको र ताइवानलाई पनि अमेरिकाले निमन्त्रणा पठाइएकोले आफू सहभागी नहुने जनाएको संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
पाकिस्तानको अखबार ‘द एक्सप्रेस ट्रिब्यून’ले पाकिस्तान सरकार यस शिखर सम्मेलनको निमन्त्रणालाई लिएर निकै चिन्तित रहेको र धेरै छलफलपछि चीनलाई आक्रोशित पार्नु देशको अर्थतन्त्रका लागि खतरनाक हुने भयले बाइडेनको निमन्त्रणालाई अस्वीकार गरेको दाबी गरेको छ।
शिखर सम्मेलन बुधबार र बिहीबार वसिङ्टनमा हुँदै छ। पाकिस्तानले मंगलबार अर्थात् मार्च २८ मा उक्त समिटमा सहभागी नहुने निर्णय गरेको हो। यसअघिका २ वटै निमन्त्रणलाई अस्वीकार गर्दै पाकिस्तान उक्त समिटमा सहभागी भएको थिएन।
समिटमा सहभागी नहुने भएपछि पाकिस्तानको विदेश मन्त्रालयले निमन्त्रणाका लागि अमेरिकालाई धन्यवाद दिँदै देशको अवस्थाले गर्दा आफ्नो मुलुक यसमा सहभागी हुन नसकेको उल्लेख गरेको छ। यो सम्मेलन भर्चुअल माध्यमबाट हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।