काठमाडौं– नागरिक लगानी कोषले आईएमई लाइफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ।
प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले हस्ताक्षर गरे।
उक्त इन्सोरेन्सको १ सय रुपैयाँ पार मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैयाँ अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।