काठमाडौं– उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ सहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा सोमबार भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
दिउँसो करिब २:३० बजे कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने क्रममा आगलागी भएको थियो।
सो आगलागी १०:५५ बजे राति यो निभाइएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।