काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले वि.सं २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकले आफ्नो कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको हो।
नेपालको कला, संस्कृति, भाषा वेशभूषा तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले निरन्तर रूपमा यस्ता विषयवस्तु समेटेर आफ्नो क्यालेन्डर प्रकाशन गर्दै आएको छ।
‘नेपालका राष्ट्रिय विभूतिहरू’ भन्ने नारासहितको मन्त्रालयका सचिव सुरेश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अनावरण गरेका हुन्।
कार्यक्रममा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू तथा बैंकका तर्फबाट बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई र बजार तथा संस्थागत निक्षेप प्रमुख पुष्पराज उप्रेतीकोसमेत उपस्थिति थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।