काठमाडौं– सनराइज बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा एक सय वटा वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाएको छ।
आफ्ना देशभरका शाखाहरू र सामाजिक संजालमार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैंकले जनाएको छ।
कार्यक्रम अन्तर्गत बैंकिङ्ग सेवा, बचत, ऋण, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरूलाई समावेश गरी देशभरीका विभिन्न एकसय स्थानका युवाहरूलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।
यस कार्यक्रमले युवाहरूमा वित्तीय साक्षरताको अभिवृद्धि, वित्तीय निर्णय गर्ने क्षमताको विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिदाँ हुनसक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरू र उनीहरूसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पुर्याउने बैंकको विश्वास छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।