काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सोमबार शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ।
उत्कृष्ट तस्बिरहरुका लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागसिप क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागसिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेले सुसज्जित रहेको कम्पनीले जनाएको छ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडा भन्छन्, ‘शाओमीको लक्ष्य भनेको नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम प्रविधिहरु थप पहुँचयोग्य बनाउनु हो। हाम्रो यही मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट, उत्पादनको स्वामित्व खोज्ने जो कोहीका लागि उत्कृष्ट प्रदर्शन र अविश्वसनीय डिजाइनको साथ सार्वजनिक गरेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।