काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ सहयोग गरेको हो। गैरसकारी संस्था अस्तित्व नेपालले सन् २०१८ देखि एसिड तथा अग्नीजन्य हिंसाविरुद्ध काम गर्दै आएको छ।
साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श, सीपमा आधारित तालिम र सचेतना कार्यक्रमहरू पनि संस्थाले गर्दै आएको छ। उक्त संस्थाको सद्भावनादूत अभिनेत्री शिल्पा मास्के छिन्। सिटी एक्सप्रेसले रेमिट्यान्स सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।