काठमाडौं– लामो समयदेखि सार्वजनिक जीवनबाट पर देखिएका चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा हाङ्गझोउको एक विद्यालयमा देखा परेका छन्।
साउथ चाइना मर्निङ पोष्टको एक रिर्पोट अनुसार ज्याक मा हाल चीन फर्किएको उल्लेख गरिएको छ। उनी एक वर्षदेखि विदेशमा धेरै रहँदै आएका थिए।
५८ वर्षका ज्याक मा २०२० मा चीनको आर्थिक नियामक निकायको आलोचना गरेर विवादमा आएका थिए। त्यसपछि उनी सार्वजनिक रुपमा कम देखा पर्न थालेका थिए।
यसरी हराउने उद्योगीमा ज्याक मा सबैभन्दा हाइप्रोफाइल थिए। साउथ चाइना मर्निङ पोष्टको रिर्पोट अनुसार उनले केही समय हङकङमा रोकिँदै आफ्नो साथीलाई भेटेका थिए। उनी इन्टरनेशनल आर्ट फेयरमा पनि सहभागी भएका थिए।
पत्रिकाले ज्याक मा खेतीको नयाँ–नयाँ प्रविधिको जानकारी लिनका लागि अलग–अलग देशको भ्रमणमा रहेका थिए। तर, पत्रिकाले हालैका वर्षहरुमा उनी किन यसरी एकाएक हराए भन्ने बारेमा विस्तृत उल्लेख गरेको छैन।
ज्याक मा कुनै समय चीनका सबैभन्दा धनि व्यक्ति थिए। तर उनको वर्चश्व ट्याक वायन्ट एन्ड ग्रुपले तोडेर चीनको सबैभन्दा धनि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।