काठमाडौं– एकैपटक दुइवटा जहाजलाई एउटै उचाईमा उडान अनुमति दिएपछि तीन जना एटीसीलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले कारबाही गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको एअर ट्राफिक कन्ट्रोलमा कार्यरत तीन जनालाई प्राधिकरणले कारबाही गरेको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार शुक्रबार एउटै उचाईमा दुइवटा जहाजलाई एकैपटक उडान अनुमति दिइएको थियो।
शुक्रबार ९ बजे नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटमा र एयर इण्डियाको जहाज त्योभन्दा तल उडान गर्न अनुमति दिएकाले कारबाही गरिएको उनले बताए।
साथै यो विषयमा छानबिन गर्नका लागि दुई सदस्यीय कमिटीसमेत गठन गरिएको छ। उक्त समितिको अध्ययन प्रतिवेदन नआउँदासम्मका लागि एक्टिभ पोजिशनबाट तीन एटीसीलाई हटाइएको हो।
दुई जहाज एकैठाउँमा होल्ड होल्ड गर्दा कम्तीमा हजार मिटर उचाइको दूरी हुनुपर्ने प्रावधान छ । तर, सोभन्दा कम दुरीमा दुई जहाज होल्ड भएको प्राधिकरणले जनाएको छ ।
निरौलाले दुवै जहाजका पाइलटलाई छलफलका लागि समेत बोलाएको छ। दुवै जहाजका पाइलटले गल्ती भएको भन्दै माफीसमेत मागेको उनले बताए। यस विषयमा पत्र लेख्दै एअर इन्डियाका पाइलटलाई नेपालमा उडान गर्न नपाउनेगरी कारबाही गरिएको निरौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।