• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज

64x64
रासस शनिबार, चैत ११, २०७९  २०:०५
1140x725

ताप्लेजुङ– कुनै समय ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सिरीजङ्घा गाउँपालिकामा पर्ने याम्फुदिन पुग्न कम्तीमा दुई दिन पैदल हिँड्नुपर्थ्यो। 

कतै जङ्गल त कतै बस्तीका बीचमा पर्ने पैदल बाटो हुँदै एक रात बीच बाटोमा बास बसेर मात्र पुगिने याम्फुदिनमा अहिले करिब सात घण्टामा पुगिन्छ। सडक विस्तारसँगै गाउँबाटै गाडी ओहोरदोहोर गर्न थालेपछि दुई दिनको समय लगाएर हिँड्नुपर्ने बाध्यता हटेको छ।

खेवाङ, मामाङ्खे, सुरुम्खिम, मेहेलेजस्ता दूरदराजका मानिसलाई हिँड्नुपर्ने बाध्यतामात्रै थिएन। गाउँमा गाडी नपुग्दा पाँचथरको थर्पु बजारबाट खाद्यान्नलगायतका सामानको भारी बोक्नुपर्ने बाध्यता पनि थियो। 

जहाँबाट भारीसहित याम्फुदिन ओहोरदोहोर गर्न कम्तीमा तीन दिनको समय लाग्थ्यो। क्रमशः सडक विस्तारसँगै गाउँको नजिक सडक आएपछि भारी बोकेर हिँड्नुपर्ने बाटोको दूरी क्रमशः घट्दै गयो। र अहिले गाउँमै गाडी पुग्न थालेपछि भारी बोक्ने कुरा कथाजस्तै हुन थालेको छ।

अहिले जिल्लाका प्रायः गाउँमा गाडी पुग्न थालेपछि भारी बोक्नुपर्ने वा खच्चड, भरियामार्फत महँगो भाडा दिएर सामान ओसार्नुपर्ने परिस्थिति छैन। गाउँमा खाद्यान्नलगायतका सामानको मूल्य पनि सस्तिएको छ। गाडी नपुग्दा दैनिक उपभोग्य नुन प्रतिकिलो ६५ का दरले किन्ने गरेका याम्फुदिनका नागरिकले अहिले ३० मै किन्न पाउँछन्।

‘कुनै समय दुई–तीन दिनको समय लगाएर पनि खाद्यान्नलगायतका सामान बोक्नुपर्ने बाध्यता थियो, गाउँमै किन्दा महँगो थियो, सडक आएसँगै अहिले हिँड्नु पनि पर्दैन, भारी बोक्नु पर्दैन, गाउँमै सामान सस्तोमा पनि पाउन थालियो’, याम्फुदिनका अबिरमान राईले भने। मुलुक सङ्घीय संरचनामा गएसँगै गाउँ–गाउँमा भएको सडक विस्तारले दूरदराजका नागरिकको जनजीवन सहज बन्दै गएको राईले बताए। 

याम्फुदिन त एक उदारण मात्र हो। केही वर्ष अघिसम्म जिल्लाका सबै गाउँले नागरिकको पीडा उस्तै थियो। अझै पनि यातायात नपुगेका कतिपय यहाँका गाउँबस्तीमा सदरमुकामबाट पुग्न तीन दिनसम्मको सयम लाग्छ। सवारीसाधनमा र पैदल गरेर ओलाङ्चुङगोला, घुन्सा, याङ्माजस्ता गाउँमा पुग्न उक्त समय लाग्छ।

ओलाङ्चुङगोला जोड्ने सडक निर्माणको काम भइरहे पनि अझै सडक जोडिएको छैन। तर पहिलेजस्तो ओहोरदोहोर गर्न कठिनाइ भने नभएको स्थानीय छेतेन शेर्पाले बताए। कतिपय कामका लागि सदरमुकाम आएर घर फर्किन हप्तौं दिन लाग्ने भए पनि आजकल कामको तालमेल मिले त्यति धेरै समय लाग्दैन। सडक पुगेका गाउँमा प्रायः ट्याक्सी चल्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्लाका ६१ वटा वडामध्ये लामो समयसम्म सडकले नछोएको गाउँ पापुङमा समेत एक महिनाअघिदेखि गाडी ओहोरदोहोर हुन थालेको छ। गाउँपालिका र वडाको बजेटबाट सडक निर्माण भए पनि उक्त गाउँ सडक सञ्जालसँगै जोडिएको हो। सडक पुगेसँगै गाउँको मुहारमात्रै नभई गाउँको जनजीवन नै सहज भएको स्थानीय फुपुछिरिङ शेर्पाले बताए। गाउँमा कोही बिरामी पर्दा स्टेचर वा तोचनमा बोकेर अस्पताल लैजानुपर्नेजस्ता समस्या पनि नभएको स्थानीयले बताए।

यता सडक पुगेसँगै गाउँमा उत्पादन भएका तरकारी, फलफूल सदरमुकाम फुङ्लिङ, झापाको विर्तामोडलगायतका ठाउँमा पुग्न थालेका छन्। सहजै बजार पुग्ने भएकाले कतिपयले व्यावसायिक खेती पनि गर्न थालेका छन्। गाउँका कुखुरा, खसीबोका तराईका जिल्लामा पुग्न थाले पनि व्यावसायिकरूपमा बाख्रापालन पनि हुन थालेको छ।

‘पहिले खसी, बोका, कुखुरा गाउँमा बिकाउन मुस्किल हुन्थ्यो, आजकल गाडीले जताततै पु¥याउँछ, घरैमा किन्ने मान्छे आउँछन्, मूल्य पनि राम्रै पाइन्छ’, सिरीजङ्घा–७ खेवाङका हरि खतिवडाले भने। गाउँ–गाउँमा पुगेको सडकले समय र पैसाको बचतमात्रै नभई आफ्ना उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्न थालेपछि आफूहरूको जनजीवनमा सहज महसुस हुन थालेको स्थानीयले बताएका छन्।

सडक विस्तार भएका गाउँको मुहार नै फेरिएपछि नागरिकमा सहर पस्ने मानसिकता पनि कम हुँदै गएको पाइएको छ। ‘भौगोलिकरूपमा कमजोर क्षेत्रका नागरिक बाढीपहिराको डरले बसाइँ सर्ने गरेको पाइन्छ, नत्र अन्य कारणले बसाइँ सर्ने क्रम केही घटेको छ, यसको मुख्य कारण सङ्घीयता आएसँगै गाउँ–गाउँमा सुविधा पुग्नु र सडक विस्तारलगायतका विकास निर्माण नै प्रमुख हुन्’, मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले भने।

जिल्लामा एक नगरपालिकासहित नौ स्थानीय तह रहेका छन् भने ६१ वडा छन्। सबै वडा सडक सञ्जालले जोडिएका छन्। गाउँका मुख्य बस्तीसम्म सडक नपुगे पनि क्रमशः निर्माणका काम पनि भइरहेका छन्।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
जनताका समस्या सुन्न मेची–महाकाली पैदल यात्रा गर्दै अमरेश आइतबार, असोज ४, २०८३
धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते आइतबार, असोज ४, २०८३
सुनको मूल्य बढ्यो आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्