• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज

64x64
रासस शनिबार, चैत ११, २०७९  २०:०५
1140x725

ताप्लेजुङ– कुनै समय ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सिरीजङ्घा गाउँपालिकामा पर्ने याम्फुदिन पुग्न कम्तीमा दुई दिन पैदल हिँड्नुपर्थ्यो। 

कतै जङ्गल त कतै बस्तीका बीचमा पर्ने पैदल बाटो हुँदै एक रात बीच बाटोमा बास बसेर मात्र पुगिने याम्फुदिनमा अहिले करिब सात घण्टामा पुगिन्छ। सडक विस्तारसँगै गाउँबाटै गाडी ओहोरदोहोर गर्न थालेपछि दुई दिनको समय लगाएर हिँड्नुपर्ने बाध्यता हटेको छ।

खेवाङ, मामाङ्खे, सुरुम्खिम, मेहेलेजस्ता दूरदराजका मानिसलाई हिँड्नुपर्ने बाध्यतामात्रै थिएन। गाउँमा गाडी नपुग्दा पाँचथरको थर्पु बजारबाट खाद्यान्नलगायतका सामानको भारी बोक्नुपर्ने बाध्यता पनि थियो। 

जहाँबाट भारीसहित याम्फुदिन ओहोरदोहोर गर्न कम्तीमा तीन दिनको समय लाग्थ्यो। क्रमशः सडक विस्तारसँगै गाउँको नजिक सडक आएपछि भारी बोकेर हिँड्नुपर्ने बाटोको दूरी क्रमशः घट्दै गयो। र अहिले गाउँमै गाडी पुग्न थालेपछि भारी बोक्ने कुरा कथाजस्तै हुन थालेको छ।

अहिले जिल्लाका प्रायः गाउँमा गाडी पुग्न थालेपछि भारी बोक्नुपर्ने वा खच्चड, भरियामार्फत महँगो भाडा दिएर सामान ओसार्नुपर्ने परिस्थिति छैन। गाउँमा खाद्यान्नलगायतका सामानको मूल्य पनि सस्तिएको छ। गाडी नपुग्दा दैनिक उपभोग्य नुन प्रतिकिलो ६५ का दरले किन्ने गरेका याम्फुदिनका नागरिकले अहिले ३० मै किन्न पाउँछन्।

‘कुनै समय दुई–तीन दिनको समय लगाएर पनि खाद्यान्नलगायतका सामान बोक्नुपर्ने बाध्यता थियो, गाउँमै किन्दा महँगो थियो, सडक आएसँगै अहिले हिँड्नु पनि पर्दैन, भारी बोक्नु पर्दैन, गाउँमै सामान सस्तोमा पनि पाउन थालियो’, याम्फुदिनका अबिरमान राईले भने। मुलुक सङ्घीय संरचनामा गएसँगै गाउँ–गाउँमा भएको सडक विस्तारले दूरदराजका नागरिकको जनजीवन सहज बन्दै गएको राईले बताए। 

याम्फुदिन त एक उदारण मात्र हो। केही वर्ष अघिसम्म जिल्लाका सबै गाउँले नागरिकको पीडा उस्तै थियो। अझै पनि यातायात नपुगेका कतिपय यहाँका गाउँबस्तीमा सदरमुकामबाट पुग्न तीन दिनसम्मको सयम लाग्छ। सवारीसाधनमा र पैदल गरेर ओलाङ्चुङगोला, घुन्सा, याङ्माजस्ता गाउँमा पुग्न उक्त समय लाग्छ।

ओलाङ्चुङगोला जोड्ने सडक निर्माणको काम भइरहे पनि अझै सडक जोडिएको छैन। तर पहिलेजस्तो ओहोरदोहोर गर्न कठिनाइ भने नभएको स्थानीय छेतेन शेर्पाले बताए। कतिपय कामका लागि सदरमुकाम आएर घर फर्किन हप्तौं दिन लाग्ने भए पनि आजकल कामको तालमेल मिले त्यति धेरै समय लाग्दैन। सडक पुगेका गाउँमा प्रायः ट्याक्सी चल्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्लाका ६१ वटा वडामध्ये लामो समयसम्म सडकले नछोएको गाउँ पापुङमा समेत एक महिनाअघिदेखि गाडी ओहोरदोहोर हुन थालेको छ। गाउँपालिका र वडाको बजेटबाट सडक निर्माण भए पनि उक्त गाउँ सडक सञ्जालसँगै जोडिएको हो। सडक पुगेसँगै गाउँको मुहारमात्रै नभई गाउँको जनजीवन नै सहज भएको स्थानीय फुपुछिरिङ शेर्पाले बताए। गाउँमा कोही बिरामी पर्दा स्टेचर वा तोचनमा बोकेर अस्पताल लैजानुपर्नेजस्ता समस्या पनि नभएको स्थानीयले बताए।

यता सडक पुगेसँगै गाउँमा उत्पादन भएका तरकारी, फलफूल सदरमुकाम फुङ्लिङ, झापाको विर्तामोडलगायतका ठाउँमा पुग्न थालेका छन्। सहजै बजार पुग्ने भएकाले कतिपयले व्यावसायिक खेती पनि गर्न थालेका छन्। गाउँका कुखुरा, खसीबोका तराईका जिल्लामा पुग्न थाले पनि व्यावसायिकरूपमा बाख्रापालन पनि हुन थालेको छ।

‘पहिले खसी, बोका, कुखुरा गाउँमा बिकाउन मुस्किल हुन्थ्यो, आजकल गाडीले जताततै पु¥याउँछ, घरैमा किन्ने मान्छे आउँछन्, मूल्य पनि राम्रै पाइन्छ’, सिरीजङ्घा–७ खेवाङका हरि खतिवडाले भने। गाउँ–गाउँमा पुगेको सडकले समय र पैसाको बचतमात्रै नभई आफ्ना उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्न थालेपछि आफूहरूको जनजीवनमा सहज महसुस हुन थालेको स्थानीयले बताएका छन्।

सडक विस्तार भएका गाउँको मुहार नै फेरिएपछि नागरिकमा सहर पस्ने मानसिकता पनि कम हुँदै गएको पाइएको छ। ‘भौगोलिकरूपमा कमजोर क्षेत्रका नागरिक बाढीपहिराको डरले बसाइँ सर्ने गरेको पाइन्छ, नत्र अन्य कारणले बसाइँ सर्ने क्रम केही घटेको छ, यसको मुख्य कारण सङ्घीयता आएसँगै गाउँ–गाउँमा सुविधा पुग्नु र सडक विस्तारलगायतका विकास निर्माण नै प्रमुख हुन्’, मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्लामा एक नगरपालिकासहित नौ स्थानीय तह रहेका छन् भने ६१ वडा छन्। सबै वडा सडक सञ्जालले जोडिएका छन्। गाउँका मुख्य बस्तीसम्म सडक नपुगे पनि क्रमशः निर्माणका काम पनि भइरहेका छन्।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्