काठमाडौं- चार वर्ष पहिले गरेको एक टिप्पणीबाट मानहानी भएको भन्दै भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद् पद खारेज गरिएको छ। लोकसभा सदस्य गान्धीलाई शुक्रबार उक्त पदबाट हटाइएको हो।
उनले गरेको टिप्पणी अदालतले मानहानी ठहर्याएको भोलिपल्ट उनको सांसद् पद खारेज गरिएको हो। लोकसभा सचिवालयले एक सूचना जारी गर्दै यसको जानकारी दिएको छ।
केरलको वायनाडु लोकसभा सिटबाट गान्धी सांसद् बनेका हुन्। उनी २३ मार्च २०२३ देखि लोकसभा सदस्य बन्न अयोग्य हुने भनिएको छ।
भारतीय संविधानको अनुच्छेद १०२(१) र जन प्रतिनिधित्व अधिनियम १९५१ अनुसार उनीमाथि यो कारबाही गरिएको हो । यसअघि अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि लगाएको थियो।
।
सन् २०१९मा मोदी सरनेमलाई लिएर राहुल गान्धीले गरेको एक टिप्पणी गरेका थिए। जसमा उनले नीरव मोदी,ललित मोदी र अन्यको नाम लिँदै भनेका थिए, ‘कसरी सवै चोरहरुको सरनेम (थर) मोदी हुन्छ?’ यो विवादमा अदालतले सुनाएको फैसलाले उनको लोकसभा सदस्यतामाथि संकट आएको थियो।
लोकसभाको उक्त निर्णयको भने भारतीय कांग्रेसले विरोध जनाएको छ। कांग्रेसले लडाइँ जारी रहने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।