• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएपछि हौसलपुरवासी खुसी

64x64
रासस बिहीबार, चैत ९, २०७९  १९:५४
1140x725

अत्तरिया– कैलालीको दुर्गम मानिने कैलारी गाउँपालिका–७ हौसलपुर जोड्ने मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीमा खुशी छाएको छ। स्थानीयवासीको लामो प्रतीक्षापछि मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको हो।

मोहनामा पुल नहुँदा हौसलपुरवासी सरकारी कामकाज गर्नका लागि बर्खायाममा डुङ्गाबाट र हिउँदमा काठको पुलबाट नदी वारपार गर्थे। पुल नहुँदा हौसलपुरमा रहेका नागरिकको जीवनयापन कष्टपूर्ण थियो।

वडा कार्यालय नदीवारी बस्ती पारि हुँदा स्थानीयवासीलाई ज्यादै नै समस्या थियो। हौसलपुर मोहनापारिको भारतको सिमानासँग जोडिएको भाग हो। पटक–पटक हारगुहारपछि यसपटक पुल निर्माण भएको हौसलपुरकी राजमती चौधरीले बताइन्। 

‘नेपालबाट केही सामग्री लिन खोज्दा धेरै नै जोखिम मोल्नुपर्थ्यो’, उनले भनिन्, ‘अब धेरै नै सहज भएको छ।’ मोहना नदीमा पुल निर्माण भएपछि छोराछोरीलाई भारतीय शिक्षा पढाउनुपर्ने बाध्यता अन्त्य भएको उनले सुनाइन्। पुल नहुँदा यहाँका नागरिक आफ्ना छोराछोरीलाई भारतीय विद्यालयमा पढाउने गर्थे।

लगभग २९ घरपरिवारको बसोबास रहेको यस गाउँमा जनसंख्या दुई सय ५० छ। त्यहाँका नागरिकसँग आफूले प्रयोग गरेको जमिनको लालपुर्जा छैन। हौसलपुरमा नेता भोट माग्नका लागि कहिलेकाहीँ जाने गरेको गुनासो स्थानीयवासीले गर्दै आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल–भारत सीमा साँध स्पष्ट नदेखिने ठाउँमा हौसलपुर गाउँवासी जङ्गे पिल्लरको रूपमा बसोबास गरेका छन्। भारतीय सुरक्षाकर्मीको ज्यादती सहेर उनीहरूले आफ्नो देशको भूमि रक्षा गर्दै आएका छन्।

पुल निर्माण कार्य सम्पन्न भएसँगै एकसाता अघिदेखि स्थानीयवासी झोलुङ्गे पुल भएर ओहोरदोहोर गरिरहेका गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ७ का वडाध्यक्ष दीपेन्द्र बमले बताए। ‘पुल नहुँदा मोहनापारिको बस्तीमा ओहोरदोहोर गर्न समस्या थियो’, उनले भने, ‘अब जनप्रतिनिधिलाई पनि जनताका समस्या बुझ्न सहज भयो । यसअघि जान मन हुँदाहुँदै पनि पुल नहुँदा जान नसकिने अवस्था थियो।’

पुल निर्माण भएपछि हौसलपुर गाउँका स्थानीयवासीलाई मात्रै नभई भुइयाँफाँटा, रामपुर, तिघरी, वसन्ता, रतनपुरलगायत स्थानीयवासीलाई पनि ओहोरदोहोर गर्न सहज भएको छ। पुल निर्माण भएपछि आफूले चाहेको समयमा नेपालकै भूभागमा आएर मन लागेको सामग्री किन्न सक्ने वातावरण भएको स्थानीय राजकुमार चौधरीले बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘भारतको सीमासँग जोडिएको मोहनापारिको हौसलपुर क्षेत्रमा मोहनामा पुल नहुँदा आफूलाई चाहेको सामग्री किन्न सकेका थिएनौं’, खुसी हुँदै उनले भने, ‘अहिले सबैको सक्रियताले पुल निर्माण भएको छ। यो हाम्रा लागि गौरवको विषय हो।’

संघीय सरकारको ७५ लाख लगानीमा मोहना नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो। विसं २०७८ मङ्सिर १८ गते पुलको निर्माण कार्य सुरु गरिएको थियो। विगतमा राज्यको नजरमा नपरेको उपेक्षित, उत्पीडित हौसलपुरवासीले झोलुङ्गे पुल बनेपछि अत्यावश्यकीय सेवा सुविधा सहजरूपमा पाइरहेका छन्।

सो गाउँको विकासका लागि कैलारी गाउँपालिकाले विशेष अनुदान कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। विगतमा भारतमा आश्रित गाउँवासीले अहिले बिजुली बाल्न पाएका छन्। गाउँपालिकाले नेपाली भाषाको तालिम सञ्चालन गरेको थियो। त्यसपछि हौसलपुरवासीले धेरथोर नेपाली पनि बोल्न थालेका छन्। हौसलपुरका बासिन्दा खेतीपाती, पशुपालन र केहीले अन्य ठाउँमा गएर मजदुरी गर्छन्।

नेपाल–भारत सीमा नजिकको सो गाउँमा नेपालीभन्दा भारतीय शिक्षा दीक्षा, वेशभूषा, बोली, संस्कार र मुद्रा प्रचलनमा रहेको छ। साइनो सम्बन्ध बढी उतैको गाउँ बेलापरसुवासँग हुने गरेको छ। बालबालिकाको आधारभूत शिक्षाका लागि त्यहाँका बासिन्दाले एउटा विद्यालय र मोहना नदीमा झोलुङ्गे पुलको माग गर्दै आएका थिए।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्