काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन, शाओमी १३ प्रोको प्रि–बुकिङ सुरु गरेको छ।
बन्डल अफरको रूपमा शाओमी नेपालले शाओमी १३ प्रो सँगै शाओमी ५० डब्लू वायरलेस चार्जिङ स्ट्यान्ड पनि प्रदान गरिरहेको जनाएको छ।
प्रि–बुकिङ चैत ९ गतेदेखि २० गतेसम्म खुला रहनेछ।
अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाज्युले भने, ‘हाम्रो यो सफलता हाम्रा शाओमी फ्यानहरूकै मायाको परिणाम हो। उहाँहरूको समर्थनले नै शाओमी यो उचाइमा पुग्न सफल भएको छ। हामीले यो अफर हाम्रो शाओमी फ्यानहरूलाई धन्यवाद दिन र हाम्रो उत्पादनहरुलाई अझ माया गरिदिनु हुन एउटा प्रोत्साहन हो।’
Leica क्यामेरासँगको–इन्जिनियर गरिएको Xiaomi 13 Pro ले प्रो–ग्रेड लेन्सको साथ मास्टर–लेभल फोटोग्राफी प्रदान गर्दछ। नवीनतम Snapdragon® 8 Gen 2, प्रिमियम फ्ल्यागशिप प्रदर्शनको साथ डिजाइन र बेस्ट–इन–क्लास डिस्प्ले समावेश भएको 120W हाइपर चार्ज र ४,८२० mAh ब्याट्रीसँग सुसज्जित यो स्मार्टफोन मात्र १९ मिनेटमा १०० प्रतिशनत ब्याट्री चार्जिङ समर्थन गर्ने कम्पनीले जनाएको छ।
शाओमी नेपालले खरिद गरिएको मितिदेखि ग्राहकहरुलाई २४ महिनासम्म सेवा शुल्क छुट गरेको छ। शाओमीका फ्यानहरूले नबिल बैंकमार्फत शून्य प्रतिशत ईएमआईमा यो अफर लिन सक्नेछन्। Xiaomi 13 Pro, 12+256 GB भेरियन्टमा सेरामिक ह्वाइट र सेरामिक ब्ल्याक गरि दुई भिन्न रङहरू उपलब्ध हुनेछ।
५००० रूपैयाँमा प्रि–बुक गर्न सकिने शाओमी १३ प्रो प्रि अर्डर गर्दा Xiaomi 50W वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क पाउन सक्ने कम्पनीले जनाएको छ।
शाओमी १३ प्रोको मूल्य एक लाख २९ हजार ९९९ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।