• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभा नियमावलीमा संशोधन : ‘खाजा खाने समय’देखि ‘पूर्वप्रधानमन्त्रीलाई १२ मिनेट’सम्म

64x64
नेपाल लाइभ बिहीबार, चैत ९, २०७९  १३:४१
1140x725
फाइल तस्बिर।

काठमाडौं- ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’मा सांसदहरुले एकल र सामूहिक संशोधन प्रस्ताव दर्ता गराएका छन्। 

आइतबार प्रतिनिधि सभाको बैठकमा पेस भएको सो मस्यौदामा संशोधन राख्नका लागि ७२ घण्टाको समय उपलब्ध गराइएको थियो। सोही अनुसार बुधबारसम्म सांसदहले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकार कटौती हुने गरी संशोधन प्रस्तावहरु राखेका छन्। उनीहरुले नियमावलीमा सभामुखले गर्ने भनी उल्लेख गरिएका कार्य सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गरी गर्नुपर्ने संशोधन राखेका छन्। मस्यौदाको नियम १३ मा उपनियम ४ थप्ने गरी यस्तो संशोधन राख्नेहरुमा कांग्रेसका राजेन्द्रकुमार केसी, सञ्जयकुमार गौतम र रामहरि खतिवडा, माओवादी केन्द्रका माधव सापकोटा, रुपा सोसी चौधरी र नारायणी शर्मा,  एकीकृत समाजवादीका अम्मरबहादुर थापा र भानुभक्त जोशी तथा जसपाकी रेखा यादव छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारले पनि सभामुखको अधिकार कटौती हुने किसिमले संशोधन प्रस्ताव पेस गरेका छन्। नियम १४ को उपनियम १ मा रहेको ‘सभामुखले बैठकमा पेस हुने विषयमाथि छलफल गर्न समयावधि तोक्नेछ’ भनिएकोमा ‘सभामुखले बैठकमा पेस हुने विषयमाथि छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक डाकी छलफल गरी’ समयावधि तोक्ने छ’ भन्ने वाक्य बनाउनुपर्ने संशोधन प्रस्ताव राखेका छन्।

रास्वपाकै सांसद सुमना श्रेष्ठले विश्राम समय राखिनुपर्ने उल्लेख गरेकी छिन्। ‘कार्यसूची तयार गर्दा प्रत्येक तीन घण्टामा खाजाका लागि एक घण्टा विश्राम समय राखिनेछ’, उनको संशोधन प्रस्तावमा भनिएको छ, ‘तर, विशेष अवस्थामा सभामुखको निर्देशन अनुसार विश्राम समय, अवधि हेरफेर वा खारेज पनि गर्न सकिनेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

लामो समय खाजा र विश्राम नलिई काम गर्दा कार्यसम्पादनमा असर पर्ने र निश्चित खाजा समय नतोक्दा सदस्यहरु विभिन्न समयमा खाजाका लागि सदनबाहिर जाने भएकाले सदनमा चल्ने बहस छुट्न जाने हुँदा, समय नै तोकेर विश्राम लिनु उपयुक्त हुने उनको टिप्पणी छ।

उनले संशोधन प्रस्ताव दर्ताका लागि दिइने ७२ घण्टाको समय अपुग हुने भएकाले १४४ घण्टा बनाइनुपर्ने प्रस्ताव राखेकी छन्।

यो पनि पढ्नुहोस

सभामुखको अधिकार कटौती गर्न सत्तापक्षका सांसद्ले हाले नियमावलीमा संशोधन

माओवादी केन्द्रका पूर्णबहादुर घर्तीले सदनमा बस्ने ठाउँको क्रमलाई व्यवस्थित गर्न संशोधन प्रस्ताव दर्ता गराएका छन्। उनले सम्बन्धित दलले दिएको आफ्नो दलको सदस्यको मर्यादाक्रम अनुसार सम्पूर्ण सदस्यहरुको नामसहितको बस्ने व्यवस्था सचिवालयले मिलाउनुपर्ने प्रस्ताव गरेका छन्।

माओवादी केन्द्रका चौधरी र शर्माले शून्य समयभन्दा अघि ‘आकस्मिक समय’ थप गर्न संशोधन प्रस्ताव दर्ता गराएका छन्। माओवादी केन्द्रकै सापकोटाले ‘यसअघि प्रतिनिधि सभामा ‘ढ्यापढ्यापे’ समयका रुपमा तजबिजबाट प्रयोग हुँदै आएको समयलाई नियमावलीमा नै व्यवस्था गरी शून्य समय र विशेष समयको अघि ‘आकस्मिक समय’का रुपमा प्रयोगमा ल्याउने’ संशोधन प्रस्ताव राखेका छन्।

मस्यौदामा रहेको मातृभाषामा बोलेको अवस्थामा त्यसलाई अभिलेखमा राख्ने व्यवस्था मिलाइनेछ भन्ने नियमलाई संशोधन गरी मातृभाषा वा रोजेको भाषामा दिएको मन्तव्यलाई पनि अभिलेखमा राख्ने व्यवस्था मिलाउन सकिने प्रस्ताव जनमत पार्टीका सांसद सीके राउतको छ।

सदस्यको पोशाक सभामुखले तोक्ने नियममा पनि संशोधन राखेका छन्। उनले सदस्यले आफ्नो रोजाइको वा आफ्नो संस्कृति झल्किने पोशाक लगाउन सक्ने प्रस्ताव राखेका छन्। 

त्यस्तै, राजनीतिक दलका एक–एक प्रतिनिधिलाई शून्य समय २ मिनेट र ढ्यापढ्याप वा विशेष समय ७ मिनेट दिने, कुनै प्रस्तावमाथि छलफलमा राजनीतिक दलका प्रतिनिधिहरुलाई १०-१० मिनेट र पूर्वप्रधानमन्त्रीहरुलाई १२ मिनेट दिने संशोधन प्रस्ताव पनि परेको छ। हाल पूर्वप्रधानमन्त्रीलाई समयको बन्देज छैन।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्