• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

भारतमा व्यापक फैलिएको र मृत्युको कारक मानिएको एचथ्री एनटू फ्लु भाइरस के हो?

डा शेरबहादुर पुन बिहीबार, चैत ९, २०७९  ०६:२७
1140x725
प्रतिकात्मक तस्बिर (पीटीआई)

केही दिन यता भारतमा एचथ्री एनटु फ्लु व्यापक रुपमा फैलिँदै गएको र केही व्यक्तिको मृत्यु समेत भएको भनेर विभिन्न भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। नेपालमा पनि सन् २०२३ को सुरुवातदेखि नै एचथ्री एन टु फ्लु भाइरस ह्वात्तै सक्रिय भएको देखिन्छ।

भारत र नेपालमा फ्लु अहिले सक्रिय हुनु स्वाभाविक नै मान्न सकिन्छ। पछिल्लो समय पंक्तिकारले समुदायमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने, टाउको दुख्ने जस्ता समस्या भएर बसेका र त्यसमध्ये कतिपयमा फ्लु ‘ए‘ र ‘बी‘ दुवै पुष्टि भएको देखेको छ। तर एचथ्री एनटु नयाँ भाइरस भने होइन।

फ्लु ए, बी, सी र डी गरी चार प्रकारमा हुन्छन्। तर मानिसमा स्वास्थ्य समस्या भने ए र बी ले बढी दिने गरेको पाइन्छ। यसमा पनि फ्लु एले विगतमा पेनडेमिकको रुप समेत लिने गरेको पाइन्छ।

कोभिड-१९ भन्दा अगाडि ‘एचवानएनवान पीडीएम ०९’ पेनडेमिकको रुपमा घोषणा भएको थियो, जुन सन् २००९ मा विश्वव्यापी भएको थियो। यो भाइरस फ्लु ए अन्तर्गतको भाइरसमा पर्छ भने यसलाई सर्वसाधारणले स्वाइन फ्लुको नामले पनि चिन्ने गर्छन्।

फ्लु ए अन्तर्गत एचथ्री एनटु भाइरस पनि पर्दछ। यसलाई हङकङ फ्लुको नामले पनि चिन्ने गरिन्छ। विगतमा एचवानएनवान पीडिएम ०९ सँगै यो भाइरस पनि देखिँदै आइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb
Sherbahadur_Pun1678589279.jpeg
डा शेरबहादुर पुन

सन् २०२३ को सुरुवातसँगै भने एचथ्री एनटु भाइरसले नेपालमा व्यापक प्रभाव पारेको देखिन्छ। यही भाइरसको कारणले भारतमा केही बिरामीको मृत्यु समेत भएको समाचार आएको देखिन्छ। तर नेपालमा भने यो भाइरसको कारणले मानवीय क्षति भए/नभएको पुष्टि भएको देखिँदैन। तर लेखकको अनुभवमा भने यो भाइरसले धेरै मानिसमा लक्षणहरु कडा देखाएको छ। फ्लु भाइरस मार्च महिनामा उत्कर्षको बिन्दुमा पुग्ने विगतको तथ्यांकले देखाउने गरेकोले यसको प्रभाव अरु केही हप्ता समुदायमा व्यापक रहन सक्ने अनुमान गर्न सकिन्छ।

फ्लु भाइरसको प्रकार विभिन्न भए पनि सुरक्षाका उपायहरु भने एकै हुन्छन्। कोभिड-१९ मा अपनाउन भनिएका जनस्वास्थ्यका मापदण्डका अधिकांश उपायहरु नै फ्लुबाट बच्ने उपायमा प्रयोग हुन्छन्। जस्तै: हात साबुन-पानीले राम्ररी धुने (वा सानिटाइजरको प्रयोग गर्ने), मास्क लगाउने, हात, नाक, मुख, आँखामा घरी-घरी नछुने, खोक्दा, हाच्छिउँ गर्दा पाखुराको बहुलाले छोप्ने, रुघा, खोकी, ज्वरो आएको व्यक्तिबाट टाढा रहने र सबैभन्दा राम्रो उपाय भनेको बिरामी स्वयं आफ्नो कार्यालय, विद्यालय, कलेज वा सार्वजनिक स्थलमा नगई घरमा चिकित्सकको परामर्श लिई स्वास्थ्य लाभ गर्नुलाई मान्न सकिन्छ। किनभने, संक्रमित व्यक्ति नै सार्वजनिक स्थलमा नगए धेरै मानिसहरु संक्रमित हुनबाट बच्न सक्छन्।

निम्न लक्षण देखिए फ्लु संक्रमण हुन सक्छ:
१) अचानक ज्वरो आउनु/जाडो हुनु।  
२) खोकी लाग्नु।  
३) घाँटी दुख्नु। 
४) शरीर दुख्नु। 
५) टाउको दुख्नु। 
६) बालबालिकामा बान्ता तथा पखाला लाग्न पनि सक्छ। 

Xtrem
Xtrem

तर, यसको निश्चित निदान भने प्रयोगशाला परीक्षणपछि मात्र गर्न सकिनेछ। फ्लु संक्रमणको पूर्ण सुधार हुन दुई हप्तासम्मको समय पनि लाग्न सक्छ। कतिपयमा भने निमोनियाको जटिलता देखिन पनि सक्छ।

जेष्ठ नागरिक, दीर्घरोगी, बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती महिला फ्लु भाइरसको जोखिममा पर्ने समूहहरु हुन्। यी जोखिम समूहमा पर्नेहरुले फ्लु विरुद्धको खोप लगाउन सक्नेछन्।

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्