• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ १४, २०८३ Thu, May 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

रुस-युक्रेन युद्धको बाछिटा: चीनका राष्ट्रपति रुसमा, जापानका प्रधानमन्त्री युक्रेनमा

64x64
नेपाल लाइभ बुधबार, चैत ८, २०७९  १४:४६
1140x725

काठमाडौं- रुस र युक्रेनबीच चलिरहेको युद्धको बाछिटा एसियामा कसरी गुन्जिरहेको छ भन्ने बुझ्न चीन र जापानका शीर्ष नेतृत्वको भ्रमणलाई हेर्न सकिन्छ। यतिखेर चिनियाँ राष्ट्रपति सी चिनफिङ मस्कोमा छन् भने जापानका प्रधानमन्त्री फुमियो किशिदा युक्रेनको राजधानी किभमा छन्। 

यी दुवै नेता कूटनीतिक विदेश भ्रमणमा छन् र युद्धको विपक्षी केन्द्रमा छन्।

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीसँगको भेटमा प्रधानमन्त्री किशिदाले युद्धग्रस्त युक्रेनलाई सहयोग तथा पुनर्निर्माण र मानवीय राहत कार्यमा सहयोग गर्ने आश्वासन दिएका थिए।

यता, मस्कोमा रहेका सीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नजिकको मित्र र सहयोगी भनेका छन्। चीनले ती देशको युद्धमा आफू तटस्थ रहेको दाबी गर्दै आए पनि पुटिनको उक्त स्पष्टोक्तिमा कुनै प्रतिबाद नगरेर आफू रुसतर्फ झुकेको संदेश दिएको देखिन्छ।

राष्ट्रपति सीले मंगलबार चीनले रुससँगको सम्बन्धलाई प्राथमिकता दिने बताउँदै दुवै देशलाई ‘महान छिमेकी शक्ति’ भनेका छन्।

मस्कोका घटनाहरू हेर्दा, किशिदाको समानान्तर किभको यात्राको समय आफैंमा महत्त्वपूर्ण रहेको विश्लेषकहरु बताउँछन्। 

अन्त्यहीन हुँदै गएको युद्धको बीचमा भएको यो उच्च तहको भ्रमणको अर्थ के हो?

जापानी प्रधानमन्त्री अघोषित विदेश भ्रमणमा जानु विरलै हो र दोस्रो विश्वयुद्धपछि जापानका धेरै नेता युद्धग्रस्त मुलुक पुगेका यो पहिलो पटक हो। किशिदा मंगलबार किभ नपुगेसम्म उनको भ्रमण गोप्य राखिएको थियो। सुरक्षाका कारणले यस्तो गरिएको अधिकारीहरुले दावी गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानमन्त्री किशिदाले युक्रेनका जनताको धैर्यता र साहसप्रति सम्मान व्यक्त गर्दै आफ्नो देशको सुरक्षाका लागि खडा भएका यी जनताप्रति आफ्नो निस्वार्थ समर्थन व्यक्त गर्ने जापानको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

विज्ञप्तिमा किशिदाले रुसले युक्रेनलाई आक्रमण गरी वर्तमान परिस्थितिलाई एकतर्फी रूपमा परिवर्तन गर्ने प्रयासको विरोध पनि गर्ने बताइएको छ।

प्रधानमन्त्री किशिदालाई आफ्नै सत्तारुढ लेबर डेमोक्र्याटिक पार्टीबाट युद्धग्रस्त युक्रेन भ्रमण गर्न दबाब बढिरहेको थियो।

किशिदा जी–७ का एक मात्र नेता थिए जसले युक्रेनको भ्रमण गरेका थिएनन्। मे महिनामा हिरोसिमामा हुने जी–७ शिखर सम्मेलन अघि युक्रेन जान पनि उनीमाथि दबाब बढाइएको थियो। 

किशिदाले गत हप्ता मात्रै टोकियोमा दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरेर ठूलो कूटनीतिक सफलता हासिल गरेका थिए। जापान र दक्षिण कोरियाका नेताबीच एक दशकभन्दा बढी अवधिमा पहिलो पटक द्विपक्षीय भेटवार्ता भएको हो।

दक्षिण कोरियासँगको सम्बन्धलाई सामान्य बनाउँदै, गुप्तचर आदानप्रदानले जापान उत्तर कोरियाविरुद्धको आफ्नो प्रतिबद्धतामा अमेरिकाको साथमा रहेको देखाएको छ। उनको युक्रेन भ्रमणलाई अमेरिकाले स्वागत गर्नेछ भन्नेमा कुनै शंका नरहेको विश्लेषकहरु बताउँछन्। 

यता मस्को पुगेका चिनियाँ राष्ट्रपति सीको भ्रमणको उद्देश्य विश्व स्तरमा चीनको प्रभाव बढाउनु रहेको देखिन्छ।

एकै समयमा युक्रेनमा जापानी नेताको उपस्थितिले भूराजनीतिक उथलपुथलको यस अवधिमा दुई देशहरू कहाँ खडा छन् भन्ने बलियो संकेत दिन्छ।

जापान र चीनबीच राजनीतिक सन्तुलन नरहेको अवस्थामा समान्तर भ्रमण रहेकोले यी दुई देशबीच रुस–युक्रेन युद्धलाई लिएर थप सन्तुलन बिग्रिने देखिन्छ। 

गत महिना मात्रै टोकियोमा दुवै देशले सुरक्षा वार्ता गरेका थिए। दुई देशबीच चार वर्षयता पहिलो पटक यस्तो वार्ता भएको हो। 

जापानले आफ्नो सेनालाई बलियो बनाउँदै लगेकोमा चीनले चासो ब्यक्त गरेको थियो भने जापानले रुसी सेनासँग चीनको सम्बन्ध र शंकास्पद जासुसी बेलुनको प्रयोगको बारेमा चासो राखेको थियो। यसले के स्पष्ट पार्छ भने चीन र जापान एक आपसमा राजनीतिक, सामरिक र सुरक्षाको चासो र सूचना लिएर बसेका छन्। र एक आपसबाटै खतरा महसुस गरेका छन्।

चीन र जापान विश्वका क्रमश: दोस्रो र तेस्रो ठूला अर्थतन्त्र भएका मुलुक हुन्।  

युक्रेन युद्धको बारेमा जापानको आफ्नै चिन्ता छ। रुसको आक्रमण र ताइवानलाई चीनले गरेको आक्रमण प्रयासलाई निकै नराम्रो अवस्थामा तुलना गरिँदैछ र जापान पनि यो अवस्थामा तानिने भएकोले चिन्तित देखिएको बीबीसीले बताएको छ। अमेरिकाका उच्च अधिकारीको निरन्तर ताइवान भ्रमणले चीन ताइवानलाई सैन्य आक्रमणमार्फत आफ्नो बनाउने उद्देश्यमा छ। तर त्यसका लागि ऊसँग आफू अनुकुलको समय भने बनिसकेको छैन। 

यता, जापान र चीनले एक आपसका सम्बन्धलाई लिएर जसरी चिन्ता प्रकट गरिरहेका थिए, त्यो बीचमा मंगलबार दुवै नेता कहाँ थिए, यसले आफैंमा धेरै कुरा भन्ने जानकारहरु बताउँछन्।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति
सम्बन्धित सामग्री
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बीबीसी पर्शियनका अनुसार प्रस्तावमा इरान एक महिनाभित्र हर्मुज अफ स्ट्रेटमा व्यवसायिक जहाजको आवागमन युद्ध अन्त्य हुनुअघि नै बहाल गर्नु... बुधबार, जेठ १३, २०८३
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्‍यो इरानमा हवाई आक्रमण इरानी सेनाबाट आउने खतराबाट आफ्ना सैनिकहरूको सुरक्षा गर्न अमेरिकी सेनाले आज बिहान दक्षिणी इरानमा आत्मरक्षाका लागि आक्रमण गरेको हो । मंगलबार, जेठ १२, २०८३
इरानसँग हतारमा सम्झौता नगर्ने राष्ट्रपति ट्रम्पको भनाइ “वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र मैले मेरा प्रतिनिधिहरूलाई कुनै पनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको छु,” राष... सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान बिहीबार, जेठ १४, २०८३
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति बिहीबार, जेठ १४, २०८३
सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्