काठमाडौं– ई-कमर्स प्लेटफर्म दराज नेपालको सेलर समिट सम्पन्न भएको छ। दराजका सबै क्रेतालाई उनीहरूको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्न कम्पनीले वर्षेनि यस्तो कार्यक्रम गर्दै आएको छ।
गत आइतबार सम्पन्न दराज सेलर समिट २०२३ मा देशभरका बिक्रेता सहभागी रहेको कम्पनीले जनाएको छ। सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो।
दराज विगत पाँच वर्षदेखि नेपालको ई-कमर्स क्षेत्रमा क्रियाशील छ। कम्पनीका अनुसार दराजका १८ हजारभन्दा बढी बिक्रेता, प्रति महिना १५ लाख सक्रिय एप प्रयोगकर्ता र देशका १०१ सहरमा डेलिभरी सुविधा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।