काठमाडौं– निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ।
बैंक र पायोनियरबीच भएको सम्झौता अनुसार निसानका गाडीमा खरिद गर्ने ग्राहकले नबिल बैंकबाट सहजै कर्जा लिन सक्ने भएका हुन्।
बैकको तर्फबाट कर्पोरेट प्रमुख चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्पको तर्फबाट सह-महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकलाई गाडीको लागि शुलभ ऋण सुविधाहरू सजिलोसँग उपलब्ध हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।