• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मध्यपहाडी राजमार्गको पोखरा खण्डमा विवाद

64x64
रासस मंगलबार, चैत ७, २०७९  २१:५१
1140x725

पोखरा– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्गको पोखरा खण्डमा विवाद भएको छ। यसअघि विवादकै कारण लामो समयसम्म राजमार्गको रेखांकन टुंगो लाग्न नसकेकामा पछिल्लो समय तय गरिएको रेखाङ्कनको स्थानीयले विरोध गरेका हुन्।

पछिल्लो समय पोखराको ग्रामीण क्षेत्रलाई समेटेर साढे ३५ किमीको नयाँ एलाइनमेन्ट तय गरेर निर्माणको ठेक्का सम्झौता भएपछि पोखरा–१६ बाटुलेचौर र लामाचौरका स्थानीयवासी बजारबाट राजमार्ग लैजान नहुने भन्दै आन्दोलनमा उत्रिएका हुन्। पोखराको याम्दीपुलदेखि कालिखोलासम्मको खण्डमा विवाद भएको हो।

निर्माण कम्पनीले काम सुरु गर्न लाग्दा सडक मापदण्डका कारण विस्थापित हुनुपर्ने भन्दै प्रभावित क्षेत्रका नागरिक आन्दोलनमा उत्रिएपछि सो क्षेत्रमा निर्माण कम्पनीले काम रोकेको छ। पोखरा महानगरपालिका–२५ याम्दी जौवारी पुलदेखि मादी गाउँपालिकाको भैँसेसम्मको राजमार्ग रेखाङ्कन नहुँदा लामो समय यस खण्डमा काम हुन सकेको थिएन।

गत असोजमा मध्यपहाडी राजमार्ग आयोजनाले पोखराको याम्दी पुलदेखि, लामाचौर, अमला विसौनी, महेन्द्रगुफा, कालीखोला, अर्मलाकोट र मादी गाउँपालिकाको आँटीघर, पानीघाट, मेलबोट, ज्याम्दु हुँदै भैँसेसम्म जोड्ने गरी नयाँ रेखाङ्कन गरेर गत भदौ १४ गते निर्माणका लागि ठेक्का आह्वान गरेको थियो।

याम्दीदेखि कालिखोलासम्म चार लेन र कालीखोलादेखि ज्याम्दुसम्मको पहाडी भूगोलमा दुई लेनको बाटो बनाउने सम्झौता भए पनि पोखराको लामाचौर र अमलाविसौनीका स्थानीयले विरोध जनाएका छन्। स्थानीयलाई जानकारी नदिइकन वडा कार्यालयले राजमार्गको सहमति दिएको उनीहरुको आरोप छ। स्थानीयले सङ्घर्ष समिति गठन गरी एक सातादेखि दैनिक वडा कार्यालयमा धर्ना दिएका छन्।

राजमार्गको रेखांकन क्षेत्रमा पर्ने जग्गाधनीसँग कुनै छलफल नै नगरिकन राजमार्ग निर्माणका लागि सिफारिस गरिएपछि आफूहरु विरोधमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष गोविन्दबहादुर बस्नेतले बताए। 

सडक निर्माणका सम्पूर्ण प्रक्रिया रोक्न र उपयुक्त विकल्पको खोजी गर्न मागसहित आन्दोलनमा उत्रिएको उनले बताए। बस्ती छिराएर नभई ग्रामीण क्षेत्र हुँदै जाने अर्को वैकल्पिक उपायको खोजी गर्नुपर्ने माग पीडित पक्षको छ।

उनले भने, ‘वास्तविक घरजग्गा धनीलाई विना सूचना, भेला तथा सुनुवाइ केही नगरिकन जग्गाधनीको सहमति र मञ्जुरी विना गरिएको राजमार्गको रेखांकन हामीलाई मान्य छैन। महेन्द्र गुफा, चमेरे गुफा जस्ता राष्ट्रिय पर्यटकीय सम्पदा भएको स्थानबाट राजमार्ग बनाउन मिल्दैन, महत्वपूर्ण सम्पदालाई दूरगामी गम्भीर क्षति पुग्ने कारणले गर्दा यो खण्ड राजमार्ग निर्माणको लागि छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीयका अनुसार सो क्षेत्रबाट राजमार्ग निर्माण गर्दा पर्यटकीय सम्पदासहित तीन सय घरधुरी विस्थापित हुने बताइन्छ। स्थानीयले राजमार्गका लागि वैकल्पिक बाटो खोजी गर्नुपर्ने र बजार क्षेत्रमा छिराउन नदिने अडान लिएका छन्। अहिलेको रेखांकन अनुसार सडक निर्माण गर्दा आफूहरु सुकुम्वासी हुनुपर्ने स्थानीयको चिन्ता छ।

पोखरा खण्डमा राजमार्गको रेखांकन विवाद लामो समयसम्म थाँती रहेपछि २०७७ फागुन ८ गते पोखरा महानगरपालिका र मादी गाउँपालिकाको संयुक्त बैठक बसेर पुनःनक्सांकनका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको थियो। 

सोही बैठकले हालको रेखांकन उपयुक्त हुने निर्णय गरेको थियो। त्यसपछि तत्कालीन पोखरा–१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले वडामा पर्ने अर्मलाकोटदेखि याम्दीसम्मको जग्गामा कुनै विवाद नभएको, कुनै मुआब्जा दिन नपर्ने र क्षतिपूर्ति न्यून भएकाले राजमार्ग निर्माणको आवश्यक प्रक्रिया अघि बढाइ दिन भनी पुष्पलाल मध्यपहाडी राजमार्ग सडक योजना कार्यालयलाई पत्राचार गरेका थिए। 

सरकारले मध्यपहाडी राजमार्ग आयोजना सुरु गरेपछि सुरुआतमा पोखरा खण्डमा अधिकांश बजार क्षेत्र पर्ने गरी याम्दीपुलदेखि लामाचौर, भलाम, मणिपाल पछाडि, फूलबारी, काहुँखोला बजार हुँदै भैँसेसम्म जोड्ने गरी डिपीआर तयार गरिएको थियो।

पुरानो डिपीआरअनुसार राजमार्ग निर्माण गर्दा सो क्षेत्रमा अत्यधिक घर बनेको र धेरै जग्गा खण्डीकरण भएर घडेरीमा बिक्री भएको, राजमार्गको मापदण्डले ठूलो बस्ती स्थानान्तरण गर्नुपर्ने र सो सम्भव नभएपछि राजमार्ग आयोजनाले विकल्प खोजेको थियो।

यसअघि पनि बजार क्षेत्रबाट राजमार्ग लैजान नहुने भन्दै रेखांकन क्षेत्रका स्थानीय विरोधमा उत्रिएका थिए। पुष्पलाल (मध्यपहाडी) राजमार्ग सडक योजना कार्यालय पर्वतका प्रमुख इञ्जिनियर नारायणदत्त भण्डारीले विरोधका कारण लामाचौर खण्डको काम रोकिएको बताए। 

भैँसेदेखि याम्दीसम्म विगत वर्षहरुमा डिपीआर र सर्भे भएर बसिरहेको र ठेक्का लगाउन नसकेको अवस्थामा नयाँ रेखांकनसहित निर्माणको ठेक्का सम्झौता गरिएको उनले बताए। 

भण्डारीले भने, ‘लामाचौर क्षेत्रमा विवाद भए पनि भैँसेदेखि काम सुरु भएको छ। मापदण्डका बारेमा स्थानीयलाई बुझाउने र विवाद समाधानको पहल गरिरहेका छौं। महानगरले लागू गरेको खोलाको मापदण्डअनुसार नै सडक मापदण्ड मानेर लैजाने चाहेका छौं।’

पछिल्लो समय हामीले तीव्रताका साथ काम अघि बढाएर नयाँ रेखांकनसहित डिपीआर तयार गरेर ठेक्का आह्वान गरेको उनले बताए। अब पोखरा खण्ड निर्माणको प्रक्रियामा अघि बढ्ने उनको भनाइ छ। पोखरा महानगरपालिका—१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले रेखांकन विवाद समाधानका लागि बृहत् सर्वदलीय बैठक बसेर परिमार्जनका लागि सङ्घीय सरकारसँग आग्रह गर्ने र स्थानीयस्तरमा सहजीकरणको पहल गर्ने निर्णय भएको बताउँछन्।

उनका अनुसार विवादित क्षेत्रमा हाल आयोजनाले आफ्नो काम अघि नबढाउने भएको छ। वडाध्यक्ष तिमिल्सिनाले भने, ‘विवाद भएपछि सो क्षेत्रमा समस्या समाधान गर्ने र स्थानीयको सहमति विना काम सुरु नगर्ने आयोजनाले प्रतिबद्धता जनाएको छ। विकल्पका लागि हामी सबैसँग छलफलमा छौं।’

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  २१:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
जनताका समस्या सुन्न मेची–महाकाली पैदल यात्रा गर्दै अमरेश आइतबार, असोज ४, २०८३
धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते आइतबार, असोज ४, २०८३
सुनको मूल्य बढ्यो आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्