एजेन्सी– लेबनानी पाउण्डको अमेरिकी डलरको तुलनामा भएको द्रुत गिरावटको विरोधमा मङ्गलबार प्रदर्शनकारीहरू देशभरका सडकमा उत्रिएका छन्।
राष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार लेबनानी मुद्राको मङ्गलबार समानान्तर बजारमा उल्लेखनीय गिरावट भएपछि एक हप्ता अघि १००,००० बाट प्रति अमेरिकी डलर १३५,००० पाउन्डमा पुगेको थियो।
लेबनानी मुद्राको तीव्र अवमूल्यनले खाद्यान्न र इन्धनको मूल्यमा चर्को वृद्धि भएको छ। लेबनानी नागरिकहरूले राजधानी बेरुत, उत्तरी सहर त्रिपोली र दक्षिणी शहर टायरमा प्रदर्शनका करममा सडक अवरुद्ध गरेका छन्। सन् २०१९ देखि लेबनानले ठूलो आर्थिक सङ्कटको सामना गरिरहेको छ।
जसले लेबनानी जनसङ्ख्याको ८० प्रतिशत भन्दा बढी गरिबीमा पुर्याएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने सहायताको व्यवस्थापन गर्दै देशलाई पुनरुत्थानको बाटोमा लैजान आवश्यक सुधारका कार्यक्रम कार्यान्वयन गर्न मुलुक अहिलेसम्म असफल भएको देखिएको छ जसबाट चरम, गरिबी र मूल्यवृद्धिको मारमा जनता पिरोलिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।