काठमाडौँ- लोकतान्त्रिक मोर्चा निर्माणका लागि कांग्रेसले सरकारमा सहभागी हुन आग्रह गरेपछि कमल थापा नेतृत्वको राप्रपा आकस्मिक बैठक बसिरहेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।
पार्टी कार्यालयले सरकारमा सहभागी र समसामयिक विषयमा छलफल गर्न आकस्मिक बैठक सुरु भएको सांसद कुन्ती शाहीले बताइन्। आगामी प्रदेश र प्रतिनिधिसभाका कसरी अगाडि बढ्ने र सरकारमा सहभागी हुने नहुने वा लोकतान्त्रिक मोर्चामा आफ्नो पार्टीलाई कुन हैसियतमा राख्ने विषयमा निर्णय गर्ने उनले बताइन्।
पार्टीका शीर्ष नेतृत्व र कांग्रेसका नेताहरुसँग गएराति भएको सहमतिपछि बैठक बोलाइएको हो। सरकारमा सहभागी हुँदै गृह मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने र आगामी निर्वाचनमा १० सिट चाहिने राप्रपाले दाबी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।