• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपेन्द्र यादवको संसद् छिर्ने हुटहुटी

64x64
नवीन झा शुक्रबार, चैत ३, २०७९  १८:३८
1140x725

काठमाडौं- जसपा नेता रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएसँगै बारा- २ मा प्रतिनिधि सभा उपनिर्वाचन हुने निश्चित भएको छ। उपराष्ट्रपति यादव उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको उक्त क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा सुरु भइसकेको छ।

जसपा अध्यक्ष यादव गत ४ मंसिरको निर्वाचनमा सप्तरी- २ बाट पराजित भएका थिए। उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले १७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। त्यतिबेला यादवले देशी-विदेशी शक्तिको षडयन्त्रले आफूलाई निर्वाचन हराएको आरोप समेत लगाएका थिए।

बारा- २ मा उपेन्द्र यादव स्वयं भिड्ने लगभग निश्चित रहेको जसपा नेताहरुले बताएका छन्। अध्यक्ष यादवले बारा- २ बाट निर्वाचन जितेर ४ मंसिरको हारको बदला लिन चाहेको उनी निकटस्थहरुको भनाइ छ।

जसपाका युवा नेता योगेन्द्र यादवले उपराष्ट्रपतिमा जसपा नेता रामसहाय यादव निर्वाचित भएसँगै अब आफूहरुको पूर्ण ध्यान बारा- २ मा हुने उपनिर्वाचनमा केन्द्रित भएको नेपाल लाइभलाई बताए। उनले बारा- २ को उपनिर्वाचनमा पार्टी अध्यक्ष उपेन्द्र यादव जाने तय रहेको जानकारी दिए। 

उपेन्द्र यादवको संसद् छिर्ने यो हुटहुटीलाई बुद्धजीवीहरुले भने अस्वस्थ अभ्यास भनेका छन्। एउटै संसदको निर्वाचनमा फराकिलो मतान्तरले पराजित भएका नेता उपनिर्वाचनबाट त्यही संसदमा छिर्न खोज्नु स्वस्थ अभ्यास नभएको उनीहरुको तर्क छ। उनीहरुले जसपा अध्यक्ष यादवले रणनीतिक रुपमै उपराष्ट्रपति आफ्नो दलको भागमा पारेर संसद् छिर्न निर्वाचन क्षेत्र खाली गराएको विश्लेषण समेत गरेका छन्।

४ मंसिरको निर्वाचनमा सप्तरी- २ बाट यादव पराजित भएपछि जसपाले समिति नै बनाएर छानविन गरेको थियो। गत बुधबार मात्रै उक्त समितिले जसपा अध्यक्ष यादवलाई आफ्नो प्रतिवेदन बुझाएको छ।

छानविन समितिले पार्टीकै २० भन्दा बढी स्थानीय नेताहरुको असहयोग र केही देशी-विदेशी चलखेलका कारण यादव पराजित हुन पुगेको निष्कर्ष यादवलाई बुझाएको छ। यादवले पनि निर्वाचनमा पराजित भए लगत्तै आफूलाई षडयन्त्रपूर्वक हराइएको आरोप लगाएका थिए। 

Ncell 2
Ncell 2

यादव र उनको पार्टी पंक्ति अब हुने उपनिर्वाचनबाट जवाफ दिने गृहकार्यमा लागेको छ। ‘हामी बारा- २ बाट अध्यक्षज्यूलाई ५० हजार बढी मतान्तरले जिताएर देखाउँछौं,’ जसपा युवा नेता यादवले भने, ‘४ मंसिरको जवाफ हामी उपनिर्वाचनबाट दिने तयारीमा छौं।’ 

उपेन्द्र यादव सत्ता-गठबन्धनकै साझा उम्मेदवार बनेर बारा- २ मा उम्मेदवारी दिने दाउमा छन्। तर गठबन्धनमै रहेको जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले त्यसलाई नमान्ने संकेत गरिसकेका छन्।

उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ दलका प्रमुख घटकहरुले जसपालाई गठबन्धनका उम्मेदवारलाई सघाए पनि जनमत, लोसपा र उन्मुक्तिले छुट्टै उम्मेदवारी दिएका थिए। ती तीन पार्टीले यो बीचमा कार्यगत एकता पनि गरेका छन्।

बारा- २ मा यी तीन पार्टीको साझा उम्मेदवार भए पनि आफूहरुलाई कुनै असर नपर्ने दाबी जसपा नेताहरुको छ। आफ्नै पार्टीबाट निर्वाचित उपराष्ट्रपति यादवको त्यहाँ राम्रो प्रभाव रहेको र जातीय समीकरणमा समेत जसपाको हात माथि पर्ने भएकाले जनमत, लोसपा र उन्मुक्तिको चुनौतीले केही गर्न नसक्ने उपेन्द्र यादव पक्षको आकलन छ।

उपराष्ट्रपतिमा निर्वाचित रामसहाय यादव यो क्षेत्रबाट २०७४ र २०७९ गरी दुई पटक लगातार निर्वाचित भएका थिए। उपराष्ट्रपति यादवको राम्रो छवि स्थानीय स्तरमा भएकाले जसपा अध्यक्षलाई समेत त्यसको फाइदा हुन सक्ने निष्कर्ष उक्त पार्टीले निकालेको छ। 

तर, नेपाली कांग्रेस, माओवादीको स्थानीय स्तरबाट विद्रोह भएर एमाले समेतले जसपालाई साथ नदिएको खण्डमा जसपालाई यो उपनिर्वाचन महँगो पर्न सक्ने एकथरीको विश्लेषण छ। 

चितवन र तनहुँमा पनि उपनिर्वाचन
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन- २ मा आउँदो वैशाख १० गते उपनिर्वाचनको मिति तय भइसकेको छ। यस्तै, निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ- १ र उपराष्ट्रपति यादवको निर्वाचन क्षेत्र बारा- २ मा उपनिर्वाचन गर्नुपर्नेछ।

चितवनको मिति तय भए पनि अन्य २ क्षेत्रको निर्वाचनको मिति भने तय भएको छैन। सबैतिर एकै मितिमा उपनिर्वाचन गर्ने वा फरक मितिमा गर्ने भन्ने पनि प्रष्ट छैन। 

जसपा अध्यक्ष यादव निकट स्रोतका अनुसार यादव स्वयंले उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगसँग समेत केही दिनअघि छलफल गरिसकेका छन्। सकभर १० वैशाखमै वा त्यसकै सेरोफेरोमै तनहुँ र बारामा उपनिर्वाचन गराउने तयारी आयोगको छ। 

तर, चुनावमा जाने त्योभन्दा बढी हुटहुटी जसपा अध्यक्ष उपेन्द्र यादव र उनको पार्टी पंक्ति देखिएको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार नेकपा महासचिव ‘विप्लव’ र मिराज ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका सभापति थापाले निर्वाचन आयोगलाई माघ ६ ग... बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भए दलको पदाधिकारीसहितका विवरण परिर्वतन भएकाले निर्वाचन आयोगमा अद्यावधिक गराउन निवदेन... बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्