• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपेन्द्र यादवको संसद् छिर्ने हुटहुटी

64x64
नवीन झा शुक्रबार, चैत ३, २०७९  १८:३८
1140x725

काठमाडौं- जसपा नेता रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएसँगै बारा- २ मा प्रतिनिधि सभा उपनिर्वाचन हुने निश्चित भएको छ। उपराष्ट्रपति यादव उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको उक्त क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा सुरु भइसकेको छ।

जसपा अध्यक्ष यादव गत ४ मंसिरको निर्वाचनमा सप्तरी- २ बाट पराजित भएका थिए। उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले १७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। त्यतिबेला यादवले देशी-विदेशी शक्तिको षडयन्त्रले आफूलाई निर्वाचन हराएको आरोप समेत लगाएका थिए।

बारा- २ मा उपेन्द्र यादव स्वयं भिड्ने लगभग निश्चित रहेको जसपा नेताहरुले बताएका छन्। अध्यक्ष यादवले बारा- २ बाट निर्वाचन जितेर ४ मंसिरको हारको बदला लिन चाहेको उनी निकटस्थहरुको भनाइ छ।

जसपाका युवा नेता योगेन्द्र यादवले उपराष्ट्रपतिमा जसपा नेता रामसहाय यादव निर्वाचित भएसँगै अब आफूहरुको पूर्ण ध्यान बारा- २ मा हुने उपनिर्वाचनमा केन्द्रित भएको नेपाल लाइभलाई बताए। उनले बारा- २ को उपनिर्वाचनमा पार्टी अध्यक्ष उपेन्द्र यादव जाने तय रहेको जानकारी दिए। 

उपेन्द्र यादवको संसद् छिर्ने यो हुटहुटीलाई बुद्धजीवीहरुले भने अस्वस्थ अभ्यास भनेका छन्। एउटै संसदको निर्वाचनमा फराकिलो मतान्तरले पराजित भएका नेता उपनिर्वाचनबाट त्यही संसदमा छिर्न खोज्नु स्वस्थ अभ्यास नभएको उनीहरुको तर्क छ। उनीहरुले जसपा अध्यक्ष यादवले रणनीतिक रुपमै उपराष्ट्रपति आफ्नो दलको भागमा पारेर संसद् छिर्न निर्वाचन क्षेत्र खाली गराएको विश्लेषण समेत गरेका छन्।

४ मंसिरको निर्वाचनमा सप्तरी- २ बाट यादव पराजित भएपछि जसपाले समिति नै बनाएर छानविन गरेको थियो। गत बुधबार मात्रै उक्त समितिले जसपा अध्यक्ष यादवलाई आफ्नो प्रतिवेदन बुझाएको छ।

छानविन समितिले पार्टीकै २० भन्दा बढी स्थानीय नेताहरुको असहयोग र केही देशी-विदेशी चलखेलका कारण यादव पराजित हुन पुगेको निष्कर्ष यादवलाई बुझाएको छ। यादवले पनि निर्वाचनमा पराजित भए लगत्तै आफूलाई षडयन्त्रपूर्वक हराइएको आरोप लगाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यादव र उनको पार्टी पंक्ति अब हुने उपनिर्वाचनबाट जवाफ दिने गृहकार्यमा लागेको छ। ‘हामी बारा- २ बाट अध्यक्षज्यूलाई ५० हजार बढी मतान्तरले जिताएर देखाउँछौं,’ जसपा युवा नेता यादवले भने, ‘४ मंसिरको जवाफ हामी उपनिर्वाचनबाट दिने तयारीमा छौं।’ 

उपेन्द्र यादव सत्ता-गठबन्धनकै साझा उम्मेदवार बनेर बारा- २ मा उम्मेदवारी दिने दाउमा छन्। तर गठबन्धनमै रहेको जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले त्यसलाई नमान्ने संकेत गरिसकेका छन्।

उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ दलका प्रमुख घटकहरुले जसपालाई गठबन्धनका उम्मेदवारलाई सघाए पनि जनमत, लोसपा र उन्मुक्तिले छुट्टै उम्मेदवारी दिएका थिए। ती तीन पार्टीले यो बीचमा कार्यगत एकता पनि गरेका छन्।

बारा- २ मा यी तीन पार्टीको साझा उम्मेदवार भए पनि आफूहरुलाई कुनै असर नपर्ने दाबी जसपा नेताहरुको छ। आफ्नै पार्टीबाट निर्वाचित उपराष्ट्रपति यादवको त्यहाँ राम्रो प्रभाव रहेको र जातीय समीकरणमा समेत जसपाको हात माथि पर्ने भएकाले जनमत, लोसपा र उन्मुक्तिको चुनौतीले केही गर्न नसक्ने उपेन्द्र यादव पक्षको आकलन छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उपराष्ट्रपतिमा निर्वाचित रामसहाय यादव यो क्षेत्रबाट २०७४ र २०७९ गरी दुई पटक लगातार निर्वाचित भएका थिए। उपराष्ट्रपति यादवको राम्रो छवि स्थानीय स्तरमा भएकाले जसपा अध्यक्षलाई समेत त्यसको फाइदा हुन सक्ने निष्कर्ष उक्त पार्टीले निकालेको छ। 

तर, नेपाली कांग्रेस, माओवादीको स्थानीय स्तरबाट विद्रोह भएर एमाले समेतले जसपालाई साथ नदिएको खण्डमा जसपालाई यो उपनिर्वाचन महँगो पर्न सक्ने एकथरीको विश्लेषण छ। 

चितवन र तनहुँमा पनि उपनिर्वाचन
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन- २ मा आउँदो वैशाख १० गते उपनिर्वाचनको मिति तय भइसकेको छ। यस्तै, निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ- १ र उपराष्ट्रपति यादवको निर्वाचन क्षेत्र बारा- २ मा उपनिर्वाचन गर्नुपर्नेछ।

चितवनको मिति तय भए पनि अन्य २ क्षेत्रको निर्वाचनको मिति भने तय भएको छैन। सबैतिर एकै मितिमा उपनिर्वाचन गर्ने वा फरक मितिमा गर्ने भन्ने पनि प्रष्ट छैन। 

जसपा अध्यक्ष यादव निकट स्रोतका अनुसार यादव स्वयंले उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगसँग समेत केही दिनअघि छलफल गरिसकेका छन्। सकभर १० वैशाखमै वा त्यसकै सेरोफेरोमै तनहुँ र बारामा उपनिर्वाचन गराउने तयारी आयोगको छ। 

तर, चुनावमा जाने त्योभन्दा बढी हुटहुटी जसपा अध्यक्ष उपेन्द्र यादव र उनको पार्टी पंक्ति देखिएको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्