काठमाडौं– निसानको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा एभरेस्ट बैंकले कर्जा दिने भएको छ। बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडी खरिद गर्ने ग्राहकले एभरेस्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन्।
दुई संस्थाबीच भएको सम्झौतापत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिशकुमार आचार्य र पायोनियर मोटो कर्पको तर्फबाट सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरू खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ।
सम्झौताअनुसार एभरेस्ट बैंकका सबै शाखाहरूबाट ग्राहकलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलै उपलब्ध हुनेछ। इभीका लागि बेसरेट ३.५० प्रतिशत र नन–इभीका लागि बेसरेट ४ प्रतिशत हुनेछ भने सात वर्षको अवधिसहित सेवा शुल्क ०.५ प्रतिशत हुनेछ।
यी दुई संस्थाबीचको सम्झौतापछि ग्राहकहरू अब २० प्रतिशतको डाउन पेमेन्टमा निसान इभीको मालिक हुन सक्नेछन्। ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ। यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र एभरेस्ट बैंकका सबै शाखाहरूबाट नेपालभर लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।