काठमाडौं– जापानी संसद्को माथिल्लो सदनका एक सांसदलाई लगातार गैरहाजिर भएको भन्दै निष्काशित गरिएको छ।
योशिकाजू हिगशितानीलाई निष्काशित गरिएको हो। योशिकाजू युट्युबमा एक चर्चित नाम हो। उनी गाशीको नामले चर्चित छन्।
उनले युट्युबमा हाल्ने सामग्रीलाई लिएर धेरै चर्चा हुने गरेको छ। यूएईमा रहने योशिकाजू गत वर्ष सांसद चुनिएका थिए तर उनी एक पटक पनि संसद्को कुनै सत्रमा सहभागी भएनन्।
गत हप्ता उनलाई संसद्को माथिल्लो सदनमा आफैं हाजिर भएर माफी माग्न भनिएको थियो। तर उनी हालसम्म नआएपछि संसद्ले यस्तो कारबाही गरेको हो। अनुशासन समितिले सर्वसम्वत् रुपमा उनलाई निष्काशन गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।