• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

ट्रान्स फ्याट: अति खराब चिल्लोबारे के थाहा छ? 

64x64
नेपाल लाइभ मंगलबार, फागुन ३०, २०७९  ०६:३९
1140x725

ट्रान्स फ्याट धेरै कम सुन्नमा आएको शब्द हो। यसबारे धेरैलाई जानकारी छैन। अंग्रेजी शब्दकोषमा पनि सन् १९७८ मा मात्र यो शब्द समावेश भएको हो। ट्रान्स फ्याट एक प्रकारको अति खराब चिल्लो पदार्थ हो। 

यसलाई नेपालीमा अति खराब चिल्लो भन्दा उत्तम हुन्छ। यसलाई खराब वा हानिकारक चिल्लो मात्र भनेर पुग्दैन, अति खराब चिल्लो नै भन्नु पर्दछ। यसको नेपाली शब्द छैन। तसर्थ छोटकरीमा ‘अखचि’ (अति खराब चिल्लो) भन्न सकिन्छ। 

स्वास्थ्यका दृष्टिकोणले ट्रान्स फ्याट चिल्लो पदार्थहरु मध्येको सबैभन्दा हानिकारक चिल्लो हो। खानामा अखचिको मात्रा धेरै भएमा हृदयघात र मस्तिष्कघात लगायत मधुमेह, उच्च रक्तचाप, मोटोपन, एक प्रकारको स्तन क्यान्सर जस्तो अन्य धेरै स्वास्थ्य समस्याहरु देखा पर्दछन्। 

ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरी दुई स्रोतबाट प्राप्त हुन्छ। रांगा, भैसी, खसी, बोका आदि जनावरको रातो मासुमा हुने बोसो र दुध दहीबाट बनेको परिकारमा पाइने ट्रान्स फ्याटको मात्रा ३ देखि ९ प्रतिशतसम्म हुन्छ। थोरै मात्रामा खाँदा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याटले स्वास्थ्यमा धेरै नकारात्मक असर पार्दैन। तर अत्यधिक मात्रामा सेवन गर्नाले भने नकारात्मक असर हुन्छ।

कृत्रिम स्रोतबाट प्राप्त हुने अर्थात् खाद्य उद्योगमा उत्पादन गरिने औद्योगिक ट्रान्स फ्याट जसलाई पिएचओ भनिन्छ। स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ। यस्तो चिल्लो पदार्थ वनस्पति तेललाई तताएर, त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ। यस्तो प्रक्रियाबाट तरल अवस्थामा रहेको वनस्पति तेल कोठाको तापक्रममा बाक्लो वा ठोस पदार्थमा परिवतर्न हुन्छ। ट्रान्स फ्याट भएको तेल सामान्य ताक्रममा जान्छ। उद्योगमा सस्तो तेललाई तताएर, हाइड्रोजन मिसाएर उत्पादन गरिने ट्रान्स फ्याटबाट चिल्लो पदार्थको मात्रा बढ्नुका साथै यसमा खानेकुरा पकाउँदा खानाको

Ncell 2
Ncell 2
nimb
nimb

रुप र स्वाद राम्रो बन्छ र धेरै दिनसम्म संचय गर्न सकिन्छ।

वनस्पति तेलभन्दा यो धेरै सस्तो पर्न आउँछ। व्यवसायमा फाइदा हुने भएकाले खाद्य उद्योगमा यसको प्रयोग धेरै हुन्छ। नेपालको उद्योगको उत्पादन हुने वनस्पति घ्यू, केकमा प्रयोग हुने सर्टनिङ, मार्गारिन आदि औद्योगिक ट्रान्स फ्याटका केही उदाहरण हुन्।

ट्रान्स फ्याट  कति खान सकिन्छ?
ट्रान्स फ्याट बारे गरिएका विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानका अनुसार मान्छेलाई दैनिक आवश्यक चिल्लो पदार्थको एक प्रतिशतभन्दा बढी मात्रा ट्रान्स फ्याट भएमा यो स्वास्थ्यका लागि हानिकारक हुन्छ। वैज्ञानिक सल्लाह यो रहेको छ कि मान्छेलाई दैनिक आवश्यक पर्ने कुल उर्जा क्यालोरीको एक तिहाई उर्जा चिल्लो पदार्थबाट प्राप्त हुनुपर्छ। दैनिक क्यालोरीको दश प्रतिशत स्याच्युरेटेड फ्याटबाट र एक प्रतिशत भन्दा कम ट्रान्स फ्याटबाट प्राप्त हुनु पर्दछ।
खानामा ट्रान्स फ्याट शून्य भए सबैभन्दा उत्तम हुन्छ। एक प्रतिशत ट्रान्स फ्याट भनेको कति हो ? यो सजिलै नाप्त सकिन्छ। मानौ एउटा मानिसलाई दैनिक दुई हजार क्यालोरी उर्जा दिने खाना खानुपर्छ। दुई हजारको एक प्रतिशत भनेको २० हो र सो को २० क्यालोरी उर्जा कबि दुई ग्राम चिल्लो पदार्थबाट प्राप्त हुन्छ। दुई ग्राम भनेको आधा चिया चम्चा चन्दा अलि कम हो। 
एक चिया चम्चामा ५ ग्राम हुन्छ। यस प्रकार दैनिक दुई हजार क्यालोरी बराबर खाना खाने व्यक्तिले आफ्नो खानामा आधा चिया चम्चा भन्दा कम ट्रान्स फ्याट प्रयोग गर्न सकिन्छ। तसर्थ दुई प्रतिशत भन्दा कम अखचि प्रयोग गर्न सकिन्छ। 

Xtrem
Xtrem

ट्रान्स फ्याटले स्वास्थ्यमा कस्तो असर पार्छ?
ट्रान्स फ्याट अत्यन्तै खराब चिल्लो पदार्थ हो। यसले रगतमा खराब कोलेस्ट्रोलको मात्रालाई बढाउँछ र असल कोलेस्ट्रोलको मात्रालाई घटाउँछ। धमनीहरुको भित्रि भागमा नकारात्मक असर पारी धमनीहरु साँघुरिने क्रमलाई बढाउँछ। रगतको थेग्रा जम्ने संभावनलाई बढाउँछ, जसले गर्दा हृदयघात र मस्तिष्कघात हुने संभावना धेरै हुन्छ। यस प्रकार ट्रान्स फ्याट धमनीहरुका लागि अत्यन्तै हानिकारक छ। यसले युवा अवस्थामा मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलाहरुमा एक प्रकारको स्तनको क्यान्सरको जोखिम बढाउँछ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्षमा करिब ५ लाख ४० हजारको मृत्यु ट्रान्स फ्याटकै कारणले हो भनेर प्रमाणित भएको छ। त्यसकारण सन् २०२३ सम्ममा उद्योगबाट उत्पादित औद्योगिक ट्रान्स फ्याट नियन्त्रण गर्ने लक्ष्य लिएको छ। 

कस्तो खानामा ट्रान्स फ्याट बढी हुन्छ?
वनस्पति तेललाई जति धेरै ततायो त्यति नै त्यसमा ट्रान्स फ्याटको मात्रा बढ्दै जान्छ। जति धेरै ततायो तेल त्यति बढी हानिकारक बन्दै जान्छ। यस्तो तेलमा पकाएको पकौडा, समोसा, चाउचाउ, आलु, चिकेन आदि खानेकुराहरु स्वादिलो भएपनि स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छन्। 
खाद्य उद्योगमा तयार गरी प्याकेटमा बन्द गरिएका खाद्य पदार्थहरु जस्तै कुकिज, तयारी चाउचाउ, भुजिया, दालमोठ, चिज वल्स, आलु चिप्स आदिमा अत्यधिक मात्रामा ट्रान्स फ्याट हुन सक्छ। तसर्थ लेवल हेरेर मात्र खाने बानी बसालौँ। यस्तै प्रकारले वनस्पति घिउमा बनाइएका बेकरी आइटमहरु केक, डोनट, आइसक्रिम, पिज्जा तथा तेलमा डिप फ्राई गरेर तयार पारिने फास्ट फुड जस्तै पकौडा, समोसा, पुरी, चिकेन फ्राई, आलु फ्राई, बर्गर, ससेज आदिमा प्रशस्त मात्रामा ट्रान्स फ्याट हुन सक्छ। वनस्पति घ्युमा तारेर बनाइने मिठाईहरु जेरी, लालमोहन, गुंदपाक, पुस्टकारी, लाखामरी आदिमा पनि धेरै मात्रामा ट्रान्स फ्याट हुन सक्छ।

ट्रान्स फ्याटको प्रयोग कसरी घटाउने?
– डिप फ्राई गरेको खाना नखाने।
– बजारमा प्याकेटमा बन्द गरी तयारी खानेकुरामा ट्रान्स फ्याटको मात्रा हेरेर मात्र खाने।
– वनस्पति घिउको सट्टा गाई, भैसीको घिउको प्रयोग गर्ने।
– वनस्पति तेलमा खाना पकाउँदा डढेको तेलमा दोहोर्याएर खाना नपकाउने।
– तेलहरुमध्ये तोरीको तेल र नरिवलको तेल बढी प्रयोग गर्ने। ओलिभ तेललाई नतताउने वा नझान्ने।
– रातो मासुको सट्टा सेतो मासु खाने। दुधलाई चिल्लो निकालेर पिउने।
– मिठाइ, आइसक्रिम, पिज्जा, केक, आदि कम खाने।
– तयारी चाउचाउमा राखेको वनस्पति घ्यु नखाने।


(नेपाल हृदय रोग प्रतिष्ठानले ट्रान्स फ्याट बारे उपलब्ध गराएको जानकारीबाट)

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०६:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्