काठमाडौं– ग्लोकल आफ्टर स्कुल-ग्लोकल प्रालिको एक अंगले स्किल विक कार्यक्रमको नयाँ संस्करण गर्ने भएको छ।
यो कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको लागि कडा उद्देश्य रादख्छ। स्किल विक एक हप्ते कार्यक्रम हो। जसमा विभिन्न सीपमूलक तालिमहरुलगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययनलगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिने आयोजकले जनाएको छ।
कार्यक्रम मार्च १३ देखि १९ मार्चसम्म सञ्चालन हुने। कार्यक्रममा १६ वर्षदेखि ३० वर्षसम्मकाले निःशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन्। कार्यक्रमबाट सीप विकासका बारे जानकारी लिन सक्ने आयोजकले जनाएको छ।
कार्यक्रममा ४ फरक सीप क्षेत्रमा प्रदर्शन गरिनेछ। यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य विज्ञान र प्रविधि रहेका छन्। कार्यक्रमका मुख्य विशेषताहरु छलफल, सीपमूलक प्रस्तुति, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला तथा मनोरञ्जन छन्।
कार्यक्रममा विभिन्न संघसंस्थाद्वारा अनलाइन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने आयोजकले जनाएको छ। यो कार्यक्रम उपत्यकाबाहिर चितवन, जनकपुर, विराटनगर र वीरेन्द्रनगरमा पनि आयोजना हुने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।