काठमाडौं– नेपालमा माघ महिनामा मात्र १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष ०७९/०८० को ७ महिनाको आर्थिक तथा वित्तिया स्थिति प्रतिवेदन अनुसार माघ महिनामा मात्र १ खर्ब ४ अर्ब ८० करोड विप्रेषण आप्रवाह भएको छ।
पुस महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्षको पहिलो ६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड विप्रेषण आप्रवाह भएकोमा पछिल्लो माघ महिनामा बढेर ६ खर्ब ८९ अर्ब ८८ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव ४ प्रतिशतले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।