काठमाडौं– नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जालअन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ।
प्रभाकर शमशेर थापा, हिम इलेक्ट्रोनिक्स र कलाधर ठाकुर (कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्स)द्वारा २६ फागुनमा सो प्लाजाको उद्घाटन गरिएको थियो।
सुविधा सम्पन्न यस सामसुङ स्मार्ट प्लाजा, ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध छ। ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्नेछन्। यससँगै, ग्राहकहरूले हुलास फिन सर्भमार्फत सजिलै किस्ताबन्दिको सेवा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यस सामसुङ स्मार्ट प्लाजाका संचालक शिव शङ्कर ठाकुर हुन्। उक्त अवसरमा प्लाजाका प्रबन्धक शिव शङ्कर ठाकुरले धनगढीका ग्राहकहरूको बढ्दो मागको आपूर्तिका निम्ति यस सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।