काठमाडौं- चीनका नेता सी चिनफिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। चीनको एकपक्षीय संसदबाट ऐतिहासिक रुपमा तेस्रो कार्यकालका लागि उनी चुनिएका हुन्।
६९ वर्षीय सी यो पुस्ताका सबैभन्दा प्रभावशाली नेता बनेका छन्। चिनियाँ शासन प्रणालीमा राष्ट्रपतिको कार्य धेरै हदसम्म औपचारिक हुन्छ।
कम्युनिष्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगको अध्यक्ष बन्दै सी शक्तिशाली बनेका हुन्।
उनको तेस्रो कार्यकालको राष्ट्रपतिमा निश्चित हुने अपेक्षा गरिएको थियो ।आगामी दिनमा नयाँ प्रधानमन्त्री र विभिन्न मन्त्रीको नाम टुंगो लगाउने विषयलाई थप महत्वपूर्ण मानिएको छ ।
नयाँ नियुक्तिहरू सबै सी चिनफिङका वफादारहरू हुने अपेक्षा गरिएको छ। यसमा ली क्वाङ पनि सामेल छन्, जसलाई सीपछिको वरियतामा काम गर्न भनिएको छ।
नेसनल पिपुल्स कंग्रेस र चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सको यस हप्ताको तथाकथित दुई सत्रलाई नजिकबाट हेरिएको छ किनकि यसले आगामी वर्षहरूमा चीनको दिशानिर्देश गर्नेछ।
सी भन्दा पहिले, चीनका नेताहरू दुई कार्यकालमा सीमित थिए। जब उनले २०१८ मा यो प्रावधान परिवर्तन गरे, यसले उनलाई अध्यक्ष माओ पछि प्रभाशाली व्यक्तिका रुपमा चित्रित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।