काठमाडौं- नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सका जहाजको उडानमा रोक लगाएको छ।
बिहीबार उडिरहेको श्रीको एक जहाजको इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरण गरिएको थियो। काठमाडौंबाट भैरहवाका लागि उडेको जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको आकाशबाट काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको थियो।
उक्त घटनापछि श्रीका सबै जहाजको प्राविधिक परीक्षण गर्नका लागि उडानमा रोक लगाइएको प्राधिकरणका प्रवक्ता जन्नाथ निरौलाले बताए।
जहाजहरूमा समस्या देखिएकाले प्राविधिक परीक्षण गर्न र त्यसको प्रतिवेदन बुझाउन भनिएको उनले बताए। क्यानको उक्त निर्णयपछि श्रीका जहाजले शुक्रबार उडान गर्न नपाउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।