काठमाडौं– एशियन पेन्ट्सले काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्बा ब्यान्डको सहकार्यमा सोमबार काठमाडौंको इन्द्रचोकमा होली मनाएको छ।
नेवा संस्कृति र समुदायको उत्थान र प्रदर्शन गर्ने उद्देश्यले सांस्कृतिक ब्यान्ड कुटुम्ब ब्यान्डको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको थियो।
गत सोमबार दिउँसोको १ बजेबाट सुरु भएको कार्यक्रम दिउँसो ४ बजेसम्म चलेको थियो जसमा सहभागीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण कुटुम्बा ब्यान्डको सांस्कृतिक प्रस्तुति थियो जसले नेपाली परम्परामा गहिरो जरा गाडिएको नेवा संस्कृतिको सार देखाएको थियो। सांगीतिक प्रस्तुति बाहेक सहभागीहरूले फोटोबुथ र एशियन पेन्ट्स नेपालले राखेको ओपन शावरको पनि मजा लिई होली उत्सवको आनन्द उठाए।
कार्यक्रमको बारेमा बोल्दै एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णनले भने, ‘काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्बा ब्यान्डसँग होली मनाउन पाउँदा हामीले भाग्यमानी महसुस गरेका छौं। यो कार्यक्रम नेवा संस्कृति र समुदायलाई प्रवर्द्धन तथा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरेका थियौं जुन नेपालको समृद्ध सम्पदाको अभिन्न अंग हो। हामी सहभागीहरूको उत्साहजनक प्रतिक्रिया देखेर हामी निक्कै खुसी छौं, र हामी हाम्रो यो विविधतालाई प्रवर्द्धन गर्न यो प्रयास जारी राख्ने आशा गर्दछौं।’
नेपाली संस्कृति र परम्परा अनि सहभागीहरूको प्रशंसासंगै कार्यक्रम निकै सफल भएको थियो। काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्बा ब्यान्डकासँगको यो सहकार्य नेपालको सांस्कृतिक विविधता र सम्पदाको प्रवर्द्धन गर्ने पहल थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।