एजेन्सी– बेलायती साइबर सुरक्षा फर्म ‘डार्कट्रेसले आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याटजीपीटी’ले फिसिङ स्क्याम (साइबर अपराध) को परिष्कार बढाएको हुन सक्ने चेतावनी दिएको छ।
सिलिकन भ्यालीको पछिल्लो एप ‘च्याटजेपीटी’लाई माइक्रोसफ्ट समर्थित ‘स्टार्ट अप ओपनएआई’ले गत वर्ष नोभेम्बरदेखि सेवा सञ्चालनमा ल्याएको थियो।
‘डार्कट्रेसले च्याटजीपीटीले थप चुनौतीहरूको प्रवेशमा बाधा कम गरेको भन्नेमा विश्वास गर्दैन,’ फर्मले भनेको छ, ‘तर यसले साइबर अपराधक (फिशिंग ईमेल)हरूको परिष्कार बढाउन मद्दत गरेको विश्वास गर्छ। यसले विरोधीहरूलाई अधिक लक्षित, व्यक्तिगत र अन्ततः, सफल आक्रमणहरू सिर्जना गर्न सक्षम बनाउँछ।’
‘जेनेरेटिव एआई’ मध्येको च्याटजीपीटी एक उदाहरण हो जसले तथ्यांक र अनुरोधको आधारमा एक छवि, एक कविता, एक हजार–शब्द निबन्धजस्ता सामग्री सेकेन्डमा तयार पारी सेवाग्राहीलाई उपलब्ध गराउन सक्छ।
डार्कट्रेसले बुधबार भनेको छ, ‘च्याटजीपीटीले साइबर सुरक्षाका लागि जेनेरेटर एआईको प्रभावका बारेमा बिषयलाई बाहिर ल्याएको छ।’ यद्यपि, ‘च्याट जेपीटी’ जारी भए पनि आफ्ना ग्राहकहरूमाथि इमेल आक्रमणहरू जारी रहेको र दुर्भावनापूर्ण लिंकहरु भएकाहरूको संख्यामा कमी आएको कम्पनीले जनाएको छ।
डार्कट्रेसले बुधबार सार्वजनिक गरेअनुसार यसको खूद मुनाफा यसको वित्तीय वर्षको पहिलो छ महिनामा ८६ प्रतिशतले घटेर ५८ करोड १० लाख अमेरिकी डलरमा झरेको बताएको छ।
डार्कट्रेसको शेयर ‘लण्डन मिड डे डिल’मा १.२ प्रतिशतले बढेर २६७.१० पेन्स पुगेको छ, तर स्टक गत वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले घटेको छ।
साइबर आक्रमणको सामना गर्न अत्याधुनिक मानव निर्मित बौद्धिक प्रविधि प्रयोग गर्ने कम्पनीले सन् २०२१ मा लण्डनको शेयर बजारमा लगानी गरेको थियो।
यद्यपि समूहको खाताको चिन्ता र अमेरिकी निजी ‘इक्विटी फर्म थोमा ब्राभो’ले सन् २०२२ मा आफ्नो अधिग्रहण चासो समाप्त गरेपछि गत डेढ वर्षमा शेयरमा गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।