काठमाडौं– एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमावापतको १० लाख उपलब्ध गराएको छ।
एनआईसी बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देहीस्थित शुद्धोधन गाउँपालिकाका खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
बैंकका अनुसार बैंकले हालसम्म २०७९ जना ग्राहकलाई बीमा दाबी गरेवापतको ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको छ। जसमध्ये घातक रोग बीमावापत २७ जनाले २ करोड ९० लाख, दुर्घटना बीमावापत १३ जनाले १ करोड ३० लाख र मेडिकल बीमावापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसकेक छन्।
बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ। जसअन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त हुने गरेको बैंकले जनाएको छ। औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारका लागि ८० हजारसम्म प्राप्त गर्न सक्ने बताइएको छ।
बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।