• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चिनियाँ राष्ट्रिय जनकंग्रेसको बैठकबाट राष्ट्रपति सी थप शक्तिशाली बन्दै

64x64
नेपाल लाइभ सोमबार, फागुन २२, २०७९  १७:३७
1140x725

काठमाडौं- चिनियाँ राष्ट्रिय जनकंग्रेस (एनपीसी) को बैठक जारी छ। आइतबारबाट सुरु भएको बैठक १ सातासम्म चल्नेछ। यो बैठकबाट राष्ट्रपति सी चिनफिङले चिनियाँ सरकार र अर्थतन्त्रमा आफ्नो जबरजस्त उपस्थिति देखाउनेछन्।

एनपीसीको १४औँ बैठकको रुपमा सुरु भएको यो बैठकले राष्ट्रपति सीको तेस्रो कार्यकालको राष्ट्रपति काललाई अनुमोदन गर्नेछ। साथै, सीको शक्तिमा थप वृद्धि पनि गर्ने अनुमान गरिएको छ। यद्यपि, एनपीसीले चिनियाँ कम्युनिष्ट पार्टीका निर्णयहरूमा संवैधानिक छाप लगाउने रबर स्ट्याम्पजस्तै काम गर्ने विश्लेषकहरु बताउँछन्। 

एनपीसीको यो बैठकले केही सुधारका कार्यक्रम र प्रधानमन्त्री तथा मन्त्रीहरु समेत नियुक्त गर्नेछ। वर्तमान प्रधानमन्त्री ली खछ्याङलाई प्रतिस्थापन गरेर नयाँ अनुहारको प्रधानमन्त्री नियुक्त गरिनेछ। 

१ सातासम्म चल्ने यो बैठकले कम्युनिष्ट पार्टीलगायत अन्य धेरै महत्वपूर्ण संस्थाहरुको पुनर्गठन हुन सक्ने भएकाले यस पटकको बैठक विशेष महत्वको रहेको बताइएको छ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार वित्तीय क्षेत्रमाथिको नियन्त्रण, वैज्ञानिक तथा प्राविधिक कामको हेरचाह गर्ने निकायलाई थप वृद्धि गरिनेछ। यससँगै निजी व्यवसायमा पनि ‘पार्टी निर्माण कार्यलाई सुदृढ बनाउने’ मा जोड दिइनेछ।

यसले चिनियाँ कम्युनिष्ट पार्टी र सरकारबीचको खाडललाई थप घटाउनेमा राष्ट्रपति सीले विश्वास लिएका छन्। जसका कारण निजी क्षेत्रमाथि पार्टीको नियन्त्रण अझै बढ्नेमा चिनियाँ कम्युनिष्ट पार्टी थप विश्वस्त भएको छ। पछिल्लो समय चीनका ठूला व्यापारीहरु भ्रष्टाचारको चपेटाका कारण अकस्मात् गायब हुने गरेको पनि देखिएको छ। हालै चीनका अर्बपति व्यापारी बाओ फैंन सार्वजनिक स्थलदमा देखिन छाडेका छन्।

राष्ट्रपति सी थप शक्ति सञ्चय गर्दै 
सी चिनफिङको शक्ति कति छ भन्ने कुरा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अक्टोबरमा भएको महाधिवेशनमा देखिएको थियो। उक्त महाअधिवेशनले सीलाई तेस्रो कार्यकालको लागि सर्वोच्च नेताको रूपमा चयन गरेको थियो। सीपीसीको इतिहासमै पहिलो सर्वोच्च नेता माओत्से तुङपछि सी यस्तो सर्वोच्च पदमा पुगेका हुन्। 

त्यसो त सन् २०१८ मा बसेको एनपीसीको बैठकले नै सीपीसीको अध्यक्षको कार्यकालको सीमा हटाएको थियो। त्यतिबेलैबाट सी आजीवन पार्टीको सर्वोच्च पदमा रहन सक्ने अनुमान गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, यसबीचमा सीले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा आलोचना पनि खेप्नु परेको छ। कोभिड–१९ विरुद्ध अख्तियार गरेको शून्य नीति र व्यापार क्षेत्रमा कडा पकडका कारण अर्थतन्त्र नराम्ररी प्रभावित भएको भन्दै सीका विरुद्ध जनता सडकमा उत्रिएका थिए।

कोरोना महामारीसँग लड्न चीनमा कडा लकडाउन गरिएको थियो, जसका कारण मानिसले खाने र पिउन पनि नपाउँदा जनतामा आक्रोश देखिएको थियो।

यो सँगै अन्तर्राष्ट्रिय स्तरमा अमेरिकासँग चीनको सम्बन्धमा तनाव बढेको छ। रुस–युक्रेन युद्धमा चीनको रुसतर्फ झुकाव र हालै मात्र अमेरिकाको आकासमा भेटिएका जासुसी बेलुनले यो तनावलाई थप गहिरो बनाएको छ।

को होला चीनको नयाँ प्रधानमन्त्री?
एनपीसी बैठकबाट देशको आर्थिक र प्रशासनिक काम हेर्ने चीनको नयाँ प्रधानमन्त्री पनि चयन हुनेछ।

सीपीसीका अध्यक्ष तथा राष्ट्रपति सीले आफ्ना सबैभन्दा बफादार नेता ली च्याङलाई यो पदका लागि चयन गर्न सक्ने अनुमान गरिएको छ। च्याङ सांघाई प्रान्तका पार्टी सचिव रहेकाले कोरोना महामारीमा राष्ट्रपति सीको नीतिलाई कडाइका साथ कार्यन्वयनमा लगेका थिए। 

यस बैठकमा वर्तमान प्रधानमन्त्री ली खछ्याङले आफ्नो कार्यकालको रिपोर्ट दिनेछन्। ली खछ्याङलाई एक हिसाबले सीको प्रतिस्पर्धी मानिएको थियो। 

अक्टोबरको महाअधिवेशनबाट ली खछ्याङले पूर्व राष्ट्रपति हु जिन्ताओलाई समर्थन गरेको भन्दै राष्ट्रपति सीले उनलाई जिम्मेवारीहरुबाट क्रमश: मुक्त गरेको बताइएको छ। पछिल्लो पटक पार्टी अधिवेशनमा हु जिन्ताओलाई सीको आदेशपछि मञ्चबाट हटाइएको थियो। 

यस्तै यो बैठकले पोलिटब्युरो, स्थायी समिति, अन्य सदस्यहरुको पनि घोषणा गरिनेछ। यी समिति राष्ट्रपति सीको मन्त्रिपरिषद्को बराबर मानिन्छ।

यस्तै, प्रधानमन्त्रीका अतिरिक्त वाणिज्य मन्त्री, राष्ट्रिय विकास तथा सुधार आयोगको प्रमुख, प्रचारप्रसार प्रमुख र राज्यको सुरक्षा प्रमुख जस्ता महत्वपूर्ण पदमा कसलाई निर्वाचित गरिन्छ भन्ने पनि आम चासोका साथ हरिएको छ।  

यी सदस्य छान्दा क्षमताभन्दा पनि राष्ट्रपति सीप्रति बफादारी देखाउनेले बढी महत्व पाउने अनुमान गरिएको छ। 

रक्षा बजेट बढ्यो
सन् २०२३ को लागि चीनको बजेटको मस्यौदा पनि आइतबार प्रस्तुत गरिएको थियो। यस पटक रक्षा बजेटमा ७ दशमलव २ प्रतिशतले वृद्धि गरी २२४ दशमलव ७९ अर्ब डलर बनाइएको छ। चीनको रक्षा बजेट लगातार आठ वर्षदेखि बढ्दै गइरहेको छ। गत वर्ष मात्र रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढेको थियो। तर आठ वर्षदेखि यो वृद्धि १० प्रतिशतभन्दा कम रहेको छ।

ग्लोबल टाइम्सका अनुसार, चिनियाँ विज्ञहरूले यसलाई विश्वव्यापी तनाव र अन्य देशहरूले सैन्य खर्चको बीचमा पर्याप्त र संयमित रहेको बताएका छन्। 

प्रधानमन्त्री ली खछ्याङले चीनलाई दबाउन बाहिरबाट प्रयास बढेको बताएका छन्। उनले भने, ‘सशस्त्र बलले आफ्नो तालिम र तयारीलाई तिव्रता दिनुपर्छ। युद्धको अवस्थासँग जुध्न तालिममा थप बल दिनुपर्छ। यसका साथै सेनालाई हरेक हिसाबले बलियो बनाउनुपर्छ।’

चीनको सेना विश्वको तेस्रो ठूलो सेना हो। लन्डनस्थित इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका अनुसार पिपुल्स लिबरेसन आर्मी (पीएलए) सँग दुई करोड प्रशिक्षित पुरुष र महिला छन् जो छुट्टाछुट्टै तैनाथ छन्।

सेनामा ९ लाख ६५ हजार, नौसेनामा दुई लाख ६० हजार र वायुसेनामा तीन लाख ९५ हजार सैनिक छन्। यसबाहेक रणनीतिक मिसाइल बलमा एक लाख २० हजार र अर्धसैनिक बलमा पाँच लाख सैनिक छन्।

चीनको रक्षा बजेट बढे पनि अमेरिकी बजेटभन्दा निकै पछाडि छ। अमेरिकाले यस वर्ष रक्षाका लागि ८०० अर्ब डलर जारी गरेको छ।

तर, केही विज्ञहरूले चीनले घोषणा गरेको रक्षा बजेटभन्दा सेनामा बढी खर्च गरेको बताउने गरेका छन्। 

५ प्रतिशत जीडीपी विस्तार गर्ने लक्ष्य
चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार चीनले सन् २०२३ को लागि ५ प्रतिशत जीडीपी वृद्धिको लक्ष्य राखेको छ।

यसले कोभिड–१९ को महामारीलाई परास्त गरेपछि आर्थिक पुनरुत्थान हुने विश्वास व्यक्त गरिएको छ। यससँगै विश्व स्तरमा भइरहेका आर्थिक र भूराजनीतिक उथलपुथलबीच सन्तुलन कायम गर्ने पनि बताइएको छ। 

यससँगै विश्व अर्थतन्त्र सुस्त हुँदै गएको र अमेरिका र युरोपजस्ता ठूला अर्थतन्त्रहरू मन्दीको जोखिममा रहेकाले चीन फेरि विश्वको सबैभन्दा द्रुत बृद्धि हुँदै ठूलो अर्थतन्त्र बन्न सक्ने अनुमान गरिएको छ। 

ताइवान र हङकङको सन्दर्भ
एनपीसी बैठकमा पनि एक चीन नीतिमा अडिग रहने कुरालाई पून दोहोर्‍याइएको छ।  चीनले ताइवान समस्या समाधानका लागि सीपीसीको रणनीतिलाई पछ्याउने बताएको छ। साथै, यो एक चीन नीति को सिद्धान्त र सन् १९९२ मा भएको सहमतिमा अडिग रहने उल्लेख गरिएको छ। स्वतन्त्र ताइवानको दृढतापूर्वक विरोध गर्ने र मातृभूमिको शान्तिपूर्ण पुनर्मिलन प्रक्रियालाई अगाडि बढाउनेको विषय जारी बैठकमा पुन: प्रतिबद्धताहरु जनाइएका छन्। 

प्रधानमन्त्रीले विगत पाँच वर्षमा हङकङ, मकाउ र ताइवानका समस्या समाधानमा प्रगति भएको बताएका छन्।  राष्ट्रिय सुरक्षा ऐन लागू गरेर हङकङमा अराजकता अन्त्य गरी सुशासन स्थापना भएको उनले दावी गरेका छन्।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित
उपत्यकामा २४ हजारभन्दा बढी ग्यास सिलिन्डर भित्रिँदै
सम्बन्धित सामग्री
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी सङ्गठनले गाजाका अधिकांश मानिसहरू अत्यन्त कठिन परिस्थितिमा बाँचिरहेको उल्लेख गर्दै वर्षाको मौसममा झनै जोखिम बढ्न सक्ने जनाएको हो । बुधबार, भदौ १७, २०८३
चीनले केरुङ नाकासम्मको सडक खोल्यो, उद्धार सामग्री प्रभावित क्षेत्रमा लैजान सहज यससँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी सडकमार्फत विपद्को मुख्य प्रभावित क्षेत्रमा पुगेर थप व्यापक उद्धार कार्य सञ्... बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्‍बाट शोक प्रस्ताव पारित शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ । सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ १९, २०८३
चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित शुक्रबार, भदौ १९, २०८३
उपत्यकामा २४ हजारभन्दा बढी ग्यास सिलिन्डर भित्रिँदै शुक्रबार, भदौ १९, २०८३
चार प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनीका केही स्थानमा हावाहुरीको चेतावनी शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्