काठमाडौं– बिहारकी पूर्व मु्ख्यमन्त्री रावडी देवीको पटनास्थित घरमा सीबीआईले छापा मारेको छ। सोमबार बिहानै सीबीआईको टिम रावडी देवीको सरकारी आवास १० सर्कुलर रोडमा पुगेर छापा मारेको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार सीबीआईको यो कारबाही कथित ‘जागिरको बदलामा जमिन घोटाला’ विषयमा भइरहेको छ।
बीबीसीका अनुसार सीबीआईको टिममा महिला र पुरुष अधिकारी सहभागी छन्। यो टिममा करिब १० जना रहेको बताइएको छ।
अहिले छापा जारी रहेको बताइएको छ। यता यही घोटालामा जोडिएका लालु यादव भने दिल्लीमा रहेका छन्। लालु यादव रेल मन्त्री भएका बेला जागिरको बदलामा जग्गा लिइएको खुलासा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।