काठमाडौं– एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने अमर सहिद एवम् अशक्त, अवकाश प्राप्त, प्र.का.स. देखि प्र.व.ह. दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीकाहरूलाई उत्प्रेरणा स्वरुप जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोष बिच २५ लाख रुपैयाँको 'नेपाल प्रहरी–एभरेष्ट बैंक अक्षय कोष' को स्थापना गर्ने सम्बन्धको समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
उक्त सम्झौतामा नेपाल प्रहीका प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको उपस्थितिमा नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरिक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका हुन्। सो कार्यक्रमा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूका साथै बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीको उपस्थिति थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले उक्त स्थापना गरिएको अक्षय कोषबाट नेपाल प्रहरीका अमर सहिद एवम् अशक्त, अवकाश प्राप्त अधिकारीहरूका सन्ततीहरूलाई स्थापित अक्षय कोषले शैक्षिक जीवन उन्नत बनाउने विश्वास व्यक्त गरे।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहकहरू छन्। बैंकले देशैभर रहेको आफ्नो १२४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिग सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।