काठमाडौं– एनएमबि बैंकले झापाको धुलाबारीमा १०० वटा डस्टबिन वितरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सामुदायिक विद्यालयको सरसफाइ तथा विधार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्देश्यले ९ वटा साना तथा ठूला सामुदायिक विद्यालयमा डस्टबिन वितरण गरेको हो।
उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्ता संस्थाले सहजीकरण गरेको थियो। कार्यक्रममा बैंकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनियर बिजनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिति थियो।
साथै खानेपानी कार्यालयबाट अध्यक्ष अजय घिमिरेलगायत अन्य पदाधिकारीको समेत उपस्थिति थियो। एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।