• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १६, २०८२ Tue, Dec 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

औद्योगिकग्रामको काम अगाडि बढाउन बजेट अभाव

64x64
रासस आइतबार, फागुन २१, २०७९  २२:०५
1140x725

सुर्खेत– संघीय सरकारले अगाडि सारेको एक स्थानीय तह एक औद्योगिक ग्राम कार्यक्रमअन्तर्गत कर्णालीका छ पालिका छानिएका छन्। सुर्खेतका चार तथा कालिकोट र जाजरकोटका एक–एक पालिकामा औद्योगिकग्राम निर्माण गर्ने घोषणा गरियो।

सुर्खेतको पञ्चपुरी नगरपालिकामा २०७६, भेरीगंगा, चौकुने र गुर्भाकोट नगरपालिका, जाजरकोटको शिवालय गाउँपालिकामा २०७७ तथा कालिकोटको शुभकालिका गाउँपालिकामा औद्योगिकग्राम निर्माणका लागि २०७८ सालमा घोषणा गरिएको थियो। औद्योगिकग्राम घोषणासँगै काम अगाडि बढ्ने र रोजगारी सिर्जना हुने अपेक्षा नागरिकले लिएका थिए।

सुर्खेत भेरीगंगाको रामघाटस्थित २० विगाह क्षेत्रमा औद्योगिकग्राम निर्माणका लागि तोकिएको छ। उक्त क्षेत्रमा हालसम्म घेरबारको काम मात्रै भएको छ। गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको रकमले घेरबार गरिएको र यसवर्ष संघीय सरकारसँग बजेट माग गरे पनि आइनसकेको नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल बताउँछन्। 

गतवर्ष संघीय सरकाले औद्योगिकग्राम निर्माणको काम अगाडि बढाउन बजेट आएको थियो। उनले भने, ‘त्यही बजेटले घेरबारको काम गर्‍यौं। तर अहिलेसम्म पनि बजेट नआउँदा काम अगाडि बढ्न सकेको छैन।’

माथिल्लो तहबाट पठाउने बजेटमा ढिलाइ हुँदा संघ र प्रदेश सरकारका कार्यक्रम कार्यान्वनयमा कठिनाइ हुने गरेको नगरप्रमुख ढकालको भनाइ छ। यस्तै सुर्खेतकै पञ्चपुरी नगरपालिकाको वडा नं ६ र ८ को बीचमा पर्ने दुलालथाईमा औद्योगिकग्राम निर्माणका लागि पाँच सय रोपनी जग्गा छुट्याइएको छ।

Ncell 2
Ncell 2

उक्त क्षेत्रमा हालसम्म कार्यालयका लागि चारकोठे भवन, चमेना गृह, शौचालय निर्माण भएको पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले जानकारी दिए। सडक, घेरबारलगायतका काम बाँकी छ। नगरप्रमुख भण्डारी भने, ‘बजेट नै अभाव छ। हामीले काम अगाडि बढाउने तयारी गरेको भए पनि संघीय सरकारबाट आउनुपर्ने बजेट समयमै आइदिन्न अनि काम अगाडि बढ्न सक्दैन।’

चौकुने गाउँपालिका–५ स्थित मायातालमा औद्योगिकग्राम निर्माण थालेको छ। दश विगाह जग्गा छुट्याएर औद्योगिकग्राम निर्माण थालिए पनि हालसम्म घेरबार, शौचालय र एक वटा कार्यालय भवन मात्रै निर्माण भएको छ। 

अघिल्लो वर्ष आएको बजेटले भवन र शौचालय निर्माणको काम भए पनि रकम अभावमा अन्य काम अघि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष खड्क विक बताउँछन्। उनले भने, ‘प्रर्याप्त बजेट नहुँदा औधोगिक ग्राम निर्माणमा समस्या भएको छ। उद्योग सञ्चालनका लागि पानी, विद्युत् जस्ता पूर्वाधारको तत्काल आवश्यकता हाम्रो पालिकामा छ।’ 

जाजरकोटको शिवालय गाउँपालिका–४ मा औद्योगिक ग्रामका ४८ रोपनी जग्गा छुट्याएको छ। औद्योगिकग्राम निर्माण कार्य भने सुस्त छ। चालु आर्थिक वर्षका लागि यस पालिकाको बजेट आएको छैन। कालिकोटको शुभकालिका गाउँपालिकाले पनि वडा नं ४ राराकाटियाँ भन्ने ठाउँमा जग्गा छनौट गरेको छ। 

गत आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता भए पनि काम भने सुरु हुन सकेको छैन। निर्माण सुरु गर्नका लागि ठेकेदार कम्पनीसँग छलफल गरेको र चाँडै सुरु हुने शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्य बताउँछन्।

कर्णाली प्रदेशले पनि साझेदारीका लागि बजेट छुट्याए पनि बर्सनि फ्रिज हुने गरेको छ। चालू आर्थिक वर्षमा पनि औद्योगिक ग्रामका लागि ३० लाख विनियोजन गरिएको छ। मन्त्रिपरिषद्को निर्णयका आधारमा उक्त रकम खर्च हुने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  २२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो।... मंगलबार, मंसिर १६, २०८२
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो। शुक्रबार, मंसिर १२, २०८२
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेवखिम्तीको संयुक्त... बिहीबार, मंसिर ११, २०८२
ताजा समाचारसबै
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै मंगलबार, मंसिर १६, २०८२
एनपीएलमा आज दुई खेल हुँदै मंगलबार, मंसिर १६, २०८२
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मंगलबार, मंसिर १६, २०८२
यस्तो रहनेछ आज देशभरको मौसम मंगलबार, मंसिर १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्