काठमाडौं- आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)बिरुद्धको खेलमा आसिफ शेख र सन्दीप लामिछानेले महत्त्वपूर्ण ५० रनको साझेदारी पूरा गरेका छन्।
३४औं ओभरमा नेपालले सातौं विकेट गुमाएपछि आएका लामिछानेले आसिफ शेखलाई ५० रनसम्म साथ दिएका छन्।
आसिफसँग लामिछानेको संयमपूर्ण साझेदारीले नेपाल जितउन्मुख देखिएको छ। नेपालले ४४ ओभर पूरा गर्दा १ सय ५५ रन बनाएर खेलिरहेको छ।
ओपनर आसिफ शेख ७६ रनसहित क्रिजमा टिकिरहेका छन्। उनलाई लामिछानेले २० रनसहित साथ दिइरहेका छन्। नेपाललाई पीएनजीले १८० रनको लक्ष्य दिएको छ।
सिरिजको पहिलो खेलमा पीएनजीलाई हराएको नेपालले दोस्रो खेलमा युएईसँग हार बेहोरेको छ।
विश्वकप छनोट खेल्नका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।